• २०८१ बैशाख ७ शुक्रबार

भारतीय मालबाहक सवारी साधनमा रोक

kharibot

बारा । भारतीय मालबाहक सवारीले गर्ने गरेको नेपाल भित्रको ढुवानीमा नेपाली मालबाहक संघ संस्थाले भारतीय माल बाहक सवारी साधनमा रोक्न थालेका छन् ।

तराई यातायात व्यवसायी संघ सिमरा , नारायणी यातायात व्यवसायी संघ हेटौंडा लगायतका संघले २३ गते निर्णय गरेर माल बाहक भारतीय नम्बरका गाडी रोक्न थालेका हुन् ।

सरकारी निकाय मौंन बसेका कारण आफ्नों पेशा नैं संकटमा पर्ने भन्दै भारतीय माल बाहक सवारीलाई रोकेका हौं तराई यातायातका सचिव देव श्रेष्ठ भन्छन्— भारतीय गाडीहरुले जती पनि माल बोक्न पाउँने हामीले सरकारले तोकेको मात्रै बोक्नु पर्ने नियम मान्दा बजारमा माल समानको अभाव भए हाम्रो ट्रक खाली बसे पछि भारतीय ट्रक रोकेका हौं । 

तराईले बाराको सिमरा , निजगढ र नारायणीले हेटौंडामा भारतीय माल बाहक ट्रकहरु गन्तव्य सम्म जान नदिई रोकेको छ । दुई दिन यता करिब ३६ वटा भारतीय ट्रक र लहरी कार्वाही गरिनु पर्ने माँग राख्दै दुई संस्थाले नियन्त्रणमा लिएका हुन् ।

भारतीय ट्रक र लहरीले भारतबाट सोझै नेपालका प्रमुख सहरहरुमा बढि माल बोक्न थाले पछि नेपाली माल बाहक सवारी काम बिहिन हुन थाले पछि भारतीय माल बाहक ट्रक र लहरी रोक्न व्यावसायी सडकमा उत्रेका अर्का ट्रक व्यवसायी संतोष कार्कीले बताए । 

नेपालको एक मात्र माल बाहक क्षेत्र करिब ४५ हजार ट्रकले माल बाहक सामानहरु ढुवानी गर्ने गर्दछन् । पछिल्लो समय भारतीय ट्रकले भारतीय तथा तेस्रो मुलुकबाट आउँने समान सोझै नेपालका प्रमुख सहरहरुमा पु¥याउँने गरे पछि नेपाली ट्रकहरु खाली बस्न थाले पछि नेपाली व्यावसायी संघ आन्दोलित हुन पुगेको हो ।

नियन्त्रणमा लिईएका भारतीय ट्रक चालकहरुले आफ्नों सवारीमा तोकिएको भन्दा बढि भार रहेको भारतीय चालक मरप्रित सिंहले सुईकार गरेका छन् ।  सरकारले भारतीय माल बाहक सवारीहरुको व्यवस्थापनमा निष्कर्ष नआउन्जेल गन्तव्य सम्म भारतीय माल बाहक सवारी दैनीक रोक्ने संघले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै