• २०८१ बैशाख ८ शनिबार

चुनाव भएको साढे चार महिना पछि जर्मनीमा नयाँ सरकार बन्ने, “बृहत् गठबन्धन” बनाउन दलहरुबीच सम्झौता

kharibot

फ्राङ्कफर्ट ।  जर्मनीका तीन वटा राजनीतिक दल “बृहत् गठबन्धन” बनाउने सम्झौतामा पुगेका छन् । 

कडा सौदाबाजी गरेर दलहरू सम्झौता गर्ने अवस्थामा पुगेका स्थानीय सञ्चार माध्यमहरूले बुधबार बिहान जनाएका छन् ।  क्रिश्चियन डेमोक्र्याट युनियन (सीडीयु), क्रिश्चियन सोसल युनियन (सीएसयू) र जर्मन सोसल डेमोक्र्याटस (एसपीडी)ले मन्त्री परिषद्मा सहभागीता स्पष्ट गरेर सम्झौता गरेका हुन् । 

जर्मन चान्सलर एन्जेला मर्केलको सीडीयुले नयाँ मन्त्रीपरिषद्मा अर्थ र रक्षा मन्त्रालय लिने भएको छ ।  जर्मन समाचारपत्र विल्डका अनुसार एसपीडीले भने परराष्ट्र, वित्त र श्रम मन्त्रालय पाउने भएको छ । 

सीएसयुका नेता होर्सट सिहोफेर गृह मन्त्री हुने संभावना रहेको पत्रिकाले लेखेको छ । जर्मनीमा गत सेप्टेम्बर २४ मा भएको निर्वाचनमा कुनै दलले स्पष्ट बहुमत ल्याउन नसक्दा सरकार गठनमा ढिलाई भैरहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै