• २०८१ बैशाख १२ बुधबार

यी हुन् स्टारकै घरमा शुटिंग भएका बलिवुडका ५ फिल्म

kharibot

काठमाडौँ । बलिवुडमा बर्सेनि साना र ठुला गरी भारत भरी बन्ने २ हजार सिनेमा करिब तीन सय सिनेमा हिन्दी भाषामा बन्ने गर्दछन् ।  यी मध्ये कैयौ फिल्मको शुटिंग मुम्बई स्थित स्टुडियोमा नै सेट बनाएर हुने गर्दछ भने कैयौ फिल्म विदेशम शुटिंग गरिन्छ ।

बलिवुडमा यस्तो धेरै कम भएको छ की जुन फिल्मको शुटिंग अमिताभ बच्चन, शाहरुख खान, सैफअली  खान, संजय दत्तजस्ता स्टारहरूको आफ्नै घरमा भएको होस् । यस्ता केहि चर्चित फिल्म जो सेलिब्रेटीले आफ्नै घर तथा फार्म हाउसमा शुटिंग गरे यस बारे जानकारी लिउ :

१.    बजरंगी भाइजान : सुपरस्टार सलमान खानको सुपर हिट फिल्म बजरंगी भाइजानका केहि दृश्य सलमानको पनवेलस्थित फार्म हासुमा शुटिंग गरिएको थियो । जसलाई अर्पित फार्म्सका नामले पनि चिनिन्छ ।

२.     संजय दत्तको बायोपिक : यसै बर्ष रिलिज हुने संजय दत्तको जीवनीमा आधारित फिल्म मुम्बईको इम्पोरियल हाइटस्थित उनकै घरमा शुटिंग गरिएको थियो । संजय दत्तको भूमिकामा देखिएका रनबीर कपुरले यस फिल्ममा संजय दत्तको भूमिका निभाउन निकै मिहिनेत गरेका छन् । फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका छन् ।

३.     वीर जारा : यशराज ब्यानरमा बनेको फिल्म वीर जारालाई सैफअली खानको पटौदी हाउसमा शुटिंग गरिएको थियो । 

४.    की एण्ड का : करीना कपुर र अर्जुन कपुर स्टारर फिल्म की एण्ड कामा देखाइएको लन्च सिक्वेन्स महानायक अमिताभ बच्चनको घर जालसामा शुटिंग गरिएको थियो । यसै सिनमा फिल्ममा अमिताभ र जया बच्चनको अतिथी भूमिकामा फिल्ममा देखिएका छन् ।

५.    फ्यान : बलिवुडका किंग शाहरुख खानको फिल्म फ्यानको शुटिंग उनकै घर मनन्तमा भएको थियो । जसमा शाहरुख खान डबल रोलमा थिए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै