• २०८१ बैशाख ८ शनिबार

‘पोलियमरी’ सम्बन्ध : एक युवती दुई युवकसँग कसरी प्रेम गर्न सक्छिन् ?

kharibot

आफ्ना दुई प्रेमी मर्गन र ओलिभरका साथ नोनी, तस्बिर : बिबिसी

काठमाडौँ । एक युवती दुई युवकसँग कसरी प्रेम गर्न सक्छिन् ? त्यो पनि एकै किसिमको प्रेम ! 

बिबिसी स्कटल्याण्डले आफ्नो डकुमेन्ट्री ‘लभ अनलिमिटेड’को नयाँ भागमा एउटा यस्तो घटना प्रस्तुत गरेको छ जसले अब हाम्रो विश्व कता तिर जाँदै छ भन्ने देख्न सकिन्छ । हामी जुन समाजमा छौ त्यँहा कल्पनासम्म गर्न नसकिने प्रसंग यस डकुमेन्ट्रीमा देखाइएको छ । 

यो प्रसंग उत्तरी वरविक, स्कटल्याण्डमा बस्ने २३ बर्षिय नोनीको हो जसका दुई प्रेमी छन् । दुई प्रेमीलाई नोनीले एकै समयमा प्रेम गर्छिन् त्यो पनि तिनै जनाको सहमतिमा । एक युवतीले दुई युवासँग यसरी गर्ने प्रेमलाई ‘पोलियमरी’ भनिन्छ । पोलियमरी सम्बन्धमा रहेकी नोनीले बिबिसीको लभ अनलिमिटेड डकुमेन्ट्रीका लागि बोल्दै एक भन्दा बढी पार्टनरसँग सम्बन्ध बनाउनु गलत होइन, यस मामिलामा आफु लोभी भएको बताउदै उनले आफुलाई प्रेमगर्नेहरुसँग आफुलेपनि प्रेम गर्ने बताएकी छन् । 

नोनीको यो त्रिकोणीय प्रेम ‘पोलियमरी’ सम्बन्धको प्रतिनिधि घटना हो । नोनी हाल २७ बर्षिय मर्गन र २४ बर्षिय ओलिभरसँग प्रेम सम्बन्धमा छन् । मर्गन एक प्रशासक हुन् भने ओलिभर नाटकमा ग्रयाजुएट हुन् । 

मर्गनसँग नोनीको भेट एक डेटिङ एप्सबाट केहि बर्ष अगाडी भएको थियो । जब मर्गन र नोनीको भेट भएको थियो त्यति बेला मर्गन एक अर्को प्रेम सम्बन्धमा थिए जुन अहिले पनि जारी छ । यसमा उनकी पहिलो प्रेमिका, नोनी कसैलाई केहि समस्या छैन । उल्टो मर्गनले एक समयमा एक भन्दा बढी जनासँग सम्बन्ध राख्ने पोलियमरी सम्बन्धको बारेमा उनकी प्रेमिका हेनीले आफुलाई बताएको सम्झिन्छन् । उनि भन्छन् –‘मैले जब यसबारेमा एक दुई जनासँग कुरा गरे तब उनीहरु हैरान भए । उनीहरुले यसलाई सेक्ससँग मात्र जोडेर हेरे ।’ मर्गन भन्छन आफ्नो नोनीसँगको सम्बन्धलाई निरन्तरता दिन आफुलाई आफ्नी प्रेमिका हेनीले नै प्रेरित गर्ने गर्दछिन् ।

त्यस्तै नोनीका अर्का प्रेमी ओलिभरसँग २०१६ मा एक शो का क्रममा भेट भएको थियो । पहिलो भेटमा नै नोनीले आफु मर्गनसँग सम्बन्धमा रहेको ओलिभरलाई जानकारी गराएकी थिइन् । र यसमा दुवैलाई कुनै समस्या थिएन ।

ओलिभरले नोनीसँगको प्रेम सम्बन्धको बारेमा भन्छन्-‘ कोहि एक युवतीसँग प्रेम गर्नु अर्कै कुरा हो तर पहिले नै अरु कोहीसँग प्रेमसम्बन्धमा भएकासँग प्रेम गर्नु निकै गार्हो कुरा हो । यस्तो निर्णय निकै सोचेर लिनु पर्दछ ।’

उनि भन्छन्-‘यो हाम्रो खुला सम्बन्ध हो म नोनी बाहेक अन्यसँग प्रेम गर्न मैले चाहेमा स्वतन्त्र छु ।’

नोनी र ओलिभर नजिकै बस्ने हुनाले उनीहरुको धेरै जसो भेट हुने गर्दछ जबकी मर्गनसँग भने दैनिक फोनमा कुरा हुने नोनिले बिबिसीलाई बताइन् । नोनीले दुवैलाई आफुले कुनै भेदभाव नगर्ने बताउदै दुई मध्ये कसलाई बढी माया गर्छु आफुले भन्न नसक्ने बताउछिन् । नोनी भन्छिन् – ‘म अलग अलग तरिकाबाट दुवै प्रति प्रतिबद्ध छु । तर दुई मध्ये कोइ पनि मेरो बढी नजिक छैनन् ।’

नोनीले यस्तो सम्बन्धमा नैतिक रुपमा आफु बढी जिम्मेवार रहेको स्वीकार गर्छिन् । मर्गन र ओलिभरलाई कुनै किसिमको यौन संक्रमणबाट बचाउने जिम्मेवारी पनि आफ्नो भएको नोनी बताउछिन् ।

दुई प्रेमी राख्नु आफ्नो जीवनशैली जिउने चाहना भएको भन्दै नोनीले आफ्नो यो फैसला परिवार चलाउने कुरामा भने बाधक बन्न सक्ने बताउछिन् । 

नोनीले एक भन्दा बढीसँग प्रेम गरेर बच्चा हुर्काउदै गरेको जोडीलाई आफुले चिनेको भन्दै एक भन्दा बढी प्रेमी बनाउनुलाई सेक्ससँग जोडेर मात्र हेर्न नहुने उनि बताउछिन् । नोनीले बच्चाको एक माता र एक पिता हुनु अब पुरानो चलन भयो भन्दै पोलियमरी अब नयाँ चलन भएको बताउछिन् । हाम्रो समाजमा यो प्रतिबन्ध भए पनि विस्तारै समय बदलिदै गरेको उनि बताउछिन् ।

नोनी भन्छिन् मानिसहरु बर्षौदेखि पोलियमरी सम्बन्ध निभाउदै आएका छन् । तर हाम्रो स्कटल्याण्डमा यस्तो छैन । उनले आफुले कुनै नयाँ काम नगरेको तर एक स्वस्थ समुदायको लागि माहोल भने बनाउदै गरेको दाबि गर्छिन् । 

(बिबिसी डकुमेन्ट्रीज र बिबिसी हिन्दीको सहयोगमा )
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै