• २०८१ बैशाख १२ बुधबार

कतारका मुसलमान हजका लागि मक्का आउन पाउने, साउदी अरबले गर्यो विशेष व्यवस्था

kharibot

तस्विर : गेटि इमेज

साउदी अरबका सुल्तान बिन अब्दुल अजिजले कतारका मुसलमानलाई मक्का आउन इजाजत दिएका छन् । 

साउदी सुल्तानको यो निर्णयपछि हजका लागि कतारका मुस्लामानहरु पनि साउदीको मक्का आउन सक्ने भएका छन् । 

साउदीले हाल बन्द रहेको सिमा खोल्ने निर्णय गर्दै हजका लागि मक्का आउनेहरुका लागि अलग्गै इलेक्ट्रोनिक परमिट जारी गर्ने भएको छ । 

साथै साउदीले तिर्थयात्रीलाई लिन साउदी एयरलाइन्सको जहाज दोहा पठाउने निर्णय पनि गरेको छ । साउदीको सरकारी एजेन्सीका अनुसार यो सेवा हज आउनेहरुका लागि मात्रै हुने छ । 

अरब देशहरुले कतारमाथि लागाएको नाकाबन्दी पछि कतारले पहिलो पटक आफ्नो राजदुत साउदी पठाएर हजमा आउनेहरुका लागि विशेष व्यवस्था गर्न अनुरोध गरेको थियो । 

साउदीको सिमा खोल्ने फैसलाको कतारका विदेशमन्त्रीले स्वागत गरेका छन् ।  

अघिल्लो महिना कतारले तीर्थयात्रीलाई मक्का आउनबाट रोक्न हज यात्रामाथि राजनीति गरेको आरोप लगाएको थियो भने जवाफमा साउदी विदेश मन्त्रीले कतारले यस मुद्धालाई अन्तर्राष्ट्रियकरण गरेको आरोप लगाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै