सेभिल्ला कोपा डेल रेको फाइनलमा

खरीबोट

काठमाडौँ । सेभिल्ला स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । 

गएराती भएको दोस्रो सेमिफाइनलमा लेगानेजलाई २-० ले पराजित गर्दै समग्रमा ३-१ को नतिजा सहित प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । सेभिल्लालाई जिताउने क्रममा जोक्विन कोरेया र फ्रान्को भाजक्वेजले गोल गरेका थिए ।

यस अघि ५ पटक कोपा डेल रे को उपाधि जितेको सेभिल्लाले अन्तिम पटक २०१० मा यो उपाधि जितेको थियो । यो सहित ९ पटक कोपाको फाइनलमा पुगेको सेभिल्लाले ३ पटक भने हार बेहोरेको छ । अन्तिम पटक २००६ मा कोपा फाइनलमा सेभिल्ला हारेको थियो ।

अब सेभिल्ला आज राति बार्सिलोना र भ्यालेन्सियाबीच हुने सेमिफानलको विजेतासँग उपाधिका लागि खेल्ने छ । सो सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना १-० ले अगाडी रहेको छ ।

  
 

सम्बन्धित समाचार

सेभिल्ला कोपा डेल रेको फाइनलमा

काठमाडौँ । सेभिल्ला स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।  गएराती भएको दोस्रो सेमिफाइनलमा लेगानेजलाई २-० ले पराजित गर्दै समग्रमा ३-१ को नतिजा सहित प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा, क्याम्पनाउमा मेसीले गरे ४ हजारौ गोल

काठमाडौँ । बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा  स्पेनियोललाई २-० ले पराजित गर्दै समग्रमा २-१ को नतिजा सहित बार्सिलोना प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

एथलेटिकोलाई हराउदै सेभिल्ला कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौँ । एथलेटिको म्याड्रिड कोपा डेल रे बाट बाहिरिएको छ । गएराती भएको खेलमा एथलेटिको सेभिल्लासँग दोस्रो लिगमा ३-१ गोल अन्तरले पराजित हुदै समग्रमा ५-२ को हार सहित कोपा डेल

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा, मेसीले २ मिनेटमा २ गोल गरे  

काठमाडौँ । बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा सेल्टा डी भिगोसँग भएको प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा ५-० ले विजयी हुदै बार्सिलोना प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको