• २०८१ बैशाख ७ शुक्रबार

विराट कोहलीले हाने एकदिवसीय क्रिकेटमा ३४औ शतक

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा ३४औ शतक प्रहार गरेका छन् । 

दक्षिण अफ्रीकाविरुद्ध भैरहेको तेस्रो एकदिवसीय खेलमा विराटले आफ्नो ३४औ शतक पुरा गरेका हुन् । कोहलीले ११९ बल खेल्दै आफ्नो शतक पुरा गरेका हुन् । कोहलीको शतक पुरा गर्ने क्रममा सात चौका हानेका थिए । 

विश्व क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको एक दिवसीय क्रिकेटमा बनाएको रेकर्ड ४९ शतकको एक कदम नजिक पुगेका छन् । २९ बर्षिय कोहलीले टेस्ट क्रिकेटमा २१ शतक प्रहार गरिसकेका छन् । यो शतकसँगै कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ५५ शतक हानेका छन् ।

हालसम्म ६६ टेस्ट र २०४ खेलेका कोहलीलाई सचिनको रेकर्ड तोड्न सक्ने खेलाडीको रुपमा हेरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै