क्यान्सर रोग सचेतनामा मेडिसिटीसँग जैन महिलाहरु

खरीबोट
ad

काठमाडौँ । क्यान्सर रोग विरुद्धको अभियानमा अखिल भारतीय जैन श्वेताम्बर तेरापंथ महिला मंडल समेत सहभागी भई नेपाल मेडिसिटी अस्पतालसंग सचेतना अभिबृद्धिलाई साथ दिने भएका छन् । 

जैन महिलाहरुको करिब ५० जनाको समूहलाई आज नेपाल मेडिसिटी अस्पतालको अंकोलोजी र स्त्री तथा प्रसुति रोग विभागका चिकित्सकहरुले विभिन्न क्यान्सर रोगहरुका बारेमा जानकारी गराएका छन् । 

अस्पतालका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख डा. निरा सिंहले महिलाहरुको पाठेघर, स्तन तथा अन्य स्थानहरुमा लाग्ने क्यान्सर रोगका बारेमा बताउदै नियमित रुपमा स्वास्थ्य परीक्षण गरी क्यान्सर रोग प्रति सचेत हुनु पर्ने र समयमै क्यान्सर रोगलाई पहिचान गर्न सकेको खण्डमा त्यसको सम्पूर्ण उपचार सम्भव भएको बताए । 

क्यान्सर विरुद्धको उपचार, खोप लगायतका विषयमा उनले जैन महिलाहरुसंग अन्तरकृया समेत गरेकी थिइन् । 

अस्पतालका अंकोलोजी विभागका डा. पंकज बर्मनले क्यान्सर रोगबाट समाज आक्रान्त भईरहेको अवस्थामा अब नेपाल मेडिसिटी क्यान्सरको विशिष्ट उपचार सेवा उपलब्ध भएकोले विरामीहरुले लाभ लिन सक्ने बताए । 

महिलाहरुकोसंगको अन्तरकृयामा उनले विभिन्न क्यान्सर रोगबाट बच्ने उपायहरुको बारेमा जानकारी प्रदान गराएकी थिइन् । 

कार्यक्रममा अस्पतालका बजार ब्यवस्थापक नवीन बज्राचार्यले नेपाल मेडिसिटी अस्पतालले ४ फेब्रुअरी देखि शुरु भई पूरा फेब्रुअरी महिना भरी क्यान्सर रोग विरुद्धको अभियानमा मेडिसिटी लागेकोले सबैलाई आफ्नो स्वास्थ्य परीक्षण गरी क्यान्सर रोग भए नभएको पत्ता लगाउन अनुरोध गरे । 

नेपाल मेडिसिटी अस्पतालले पूरा फेब्रुअरी महिना भरी क्यान्सर रोगको स्क्रिनिङ्गमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिई यस अभियानमा बढी भन्दा बढी मानिसहरुलाई सहभागिताको लागि आव्हान गरेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए । 
 

सम्बन्धित समाचार

नेपाल मेडिसिटीमा अब्स्टेट्रिक क्रिटिकल केयर वर्कशप सम्पन्न

काठमाडौँ । स्त्री तथा प्रसुति रोग विशेषज्ञहरुको अब्स्टेट्रिक क्रिटिकल केयर वर्कशप नेपाल मेडिसिटीमा सम्पन्न भएको छ ।  नेपाल सोसाईटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिष्टहरुको १५औं राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा प्रि–कन्फरेन्स वर्कशपमा नेपालका

नेपाल मेडिसिटी अस्पतालमा गुणस्तरीय सेवाकालागि नर्सहरुको सम्मेलन

ललितपुर ।  गुणस्तरीय स्वास्थ्य सेवामा नर्सहरुलाई शशक्तिकरण गर्ने सम्बन्धमानेपाल मेडिसिटी अस्पतालमा विभिन्न अस्पतालहरुमा कार्यरत करिब १ सयजना नर्सहरुको सहभागितामा एक वृहद् सिम्पोजियमको आयोजना गरियो ।   अन्तर्राष्ट्रिय नर्सेस दिवसको उपलक्ष्यमा नेपाल

नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेजबीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ ।  स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धान लगायतका कार्यहरुमा नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेजले सहकार्य गर्ने भएको छ ।  सोमबार एक समारोहका बीच द्विपक्षीय सम्झौतामा नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक

आईएमई जनरल र नेपाल मेडिसिटीबीच नगदरहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र