• २०८१ बैशाख १३ बिहीबार

प्रदेश नं २ बाट राष्ट्रियसभाका विजयी सांसदलाई प्रमाणपत्र वितरण

kharibot

जनकपुरधाम । प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका सदस्यहरुलाई बुधबार प्रमाणपत्र वितरण गरिएको हो । 

प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली काँगे्रसका मुक्ताकुमारी यादव र नेकपा माओवादी केन्द्रका शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका हुन् । 

त्यस्तै, खुलातर्फ काँग्रेसका जीतेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव र नेकपा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका थिए । 

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्दै कानून र संविधानलाई न्यायपूर्ण बनाउनुपर्ने धारणा राखे । 

अब संघर्षको साटो समाधानको बाटो रोज्नुपर्नेमा उनले जोड दिए । निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्य देवले जिम्मेवारीलाई सुविधाका रूपमा नलिई सेवाका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । 

संस्कृति मन्त्रीसमेत रहेका उनले संघीयताका माध्यमले विद्यमान गरिबी, पछौटेपनलाई हटाई देशको मुहार फेर्न अग्रसर हुनु जरूरी भएको बताए । सभापतिको आशनबाट धनुषा जिल्लाका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले प्रदेश नं २ का जनप्रतिनिधिसामु गहन जिम्मेवारी भएको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै