• २०८१ बैशाख १३ बिहीबार

प्राधिकरणले अघि सार्यो उपत्यकामा हाउस पुलिङबाट एकीकृत बस्ती बसाल्ने योजना

kharibot

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाण्डौ उपत्यकाका घनाबस्तीमा बहु स्वामित्वका र बहुतले घरहरु बनाई संयुक्त आवास प्रणालीको बिकास गर्ने योजना अघि सारेको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युबराज भूसालको नेतृत्वमा बुधवार बसेको प्राधिकरण, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकासहित प्रतिनिधीहरुको बैठकले भूकम्पपछि काठमाण्डौ उपत्यकामा क्षतिग्रस्त घरहरु पुनर्निर्माण हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै हाउस पुलिङ प्रणालीको माध्यबाट बस्ती बिकास गर्ने निर्णय गरेको हो । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भूसालले भने -“ पछिल्लो भूकम्पले काठमाण्डौ उपत्यकामा १ लाख बढी घर भत्किएपनि करिब ८० प्रतिशत घरको पुनर्निर्माण शुरु नभएको सन्दर्भमा संयुक्त आवास सम्बन्धमा के गर्न सकिन्छ भन्नेवारे काठमाडौँ र ललितपुर महानगरपालिका मेयरसहितको बैठकबाट हाउस पुलिङ प्रणालीमा जाने निर्णय गरिएको हो ।” 

बैठकले त्यससम्बन्धमा अध्ययन गर्न प्राधिकरणका सहसचिव राजुमान मानन्धरको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल समेत गठन गरेको छ । 

कार्यदललाई काठमाण्डौ उपत्यकाको घना बस्तीमा संयुक्त आवास प्रणालीको अवधारणालाई कसरी बिकास गर्न सकिन्छ भन्नेवारे अध्ययन गरी १५ दिनभित्रमा प्रतिवेदन पेश गर्न भनिएको छ । 

काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका र शहरी बिकास मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदललाई परामर्शदाताका रुपमा भवन विभागका पुर्व महानिर्देशक सुर्यभक्त साङगाक्षेले सहयोग गर्नुहुनेछ । 

कार्यदलले काठमाण्डौ उपत्यकाभित्र हाउस पुलिङको माध्यमबाट कुन कुन ठाँउमा नमुना बस्ती बसाल्न सकिन्छ भन्नेवारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने प्रमुख कार्यकारी अधिकृत भूसालले जानकारी दिए । 

बैठकमा काठमाण्डौ उपत्यकामा हाउस पुलिङ प्रणालीको बिकास सम्बन्धमा परामर्शदाताका रुपमा आमन्त्रण गरिएका भवन विभागका पुर्व महानिर्देशक सुर्यभक्त साङगाक्षे कार्यपत्र समेत प्रस्तुत गरेका थिए । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै