• २०८१ बैशाख १४ शुक्रबार

बर्दियामा हत्या अभियोगमा ३ जना पक्राउ

kharibot

बर्दिया(गुलरिया) । हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ गरेकाहरुलाई बुधबार दिउसो प्रहरीले सार्वजनिक गरेको छ ।

गोप्य सूचनाको आधारमा बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलाती गाउँका १७ वर्षिय बालकृष्ण आचार्यको हत्यामा संलग्न भएको भन्दै बर्दिया प्रहरीले ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरुमा बर्दियाको ठाकुरबाबा नगरपालिका २ का २२ वर्षिय रमेश राजबंशी, १७ वर्षिय हरिनारायण दहित चौधरी र कैलालीको जानकी गाउँपालिका ६ का २० वर्षिय विकाश चौधरी रहेको बर्दिया प्रहरी प्रमुख जनक भट्टराईले बताए ।

पक्राउ परेकाहरु मध्य हरीनायण दहित चौधरीलाई गाउँबाटै, विकाश चौधरीलाई कैलालीबाट र रमेश राजबंशीलाई काठमाण्डौँबाट प्रहरीले पक्राउ गरेको हो ।  यही माघ १५ गते राती पेरहनी गाउँमा विवाह भोज भएको स्थान गएको समयमा नजिकै मसुरो बारीमा बालकृष्ण आचार्यको शव फेला परेको थियो । 

विवाह भोजमा आएका चारै जना मदिरा पिएर परालमा सुतिरहेका बेला आपसी विवाद गरी मुक्का र चिरपट प्रहार गरी आचार्यको हत्या भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पक्राउ परेका तिनै जनालाई हिरासतमा राखी कर्तव्य ज्यान मुद्धा दायर गरी थप अनुसन्धान भैरहेको बर्दिया प्रहरी प्रमुख जनक भट्टराईले बताए । छिमेकी गाउँको विवाह हेर्न गएका आचार्य तिन दिन पछी माघ १७ गते खेतमा मृत अवस्थामा फेला परेका थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै