बारामा ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

खरीबोट

सिमरा । ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

कलैयाबाट काम सकेर आफ्नो घर सिसहनियातर्फ साइकलमा जाँदै गरेकी कलैया उपमहानगरपालिका–२५ बस्ने जीवथ ठाकुरको १३ वर्षीया छोरी निवा ठाकुरलाई अगाडिको आल्फावेट नम्बर प्रष्टरुपमा नखुलिए पनि १४१० नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आई ठक्कर दिँदा ठाकुरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटना आज अपराह्न भएको थियो । ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने फरार रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिए । 

सम्बन्धित समाचार

पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु

हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नं। ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर

धादिङको विशालटारमा कारले बसलाई ठक्कर दियो 

धादिङ । धादिङको विशालटारमा बा ४ च नम्बरको कारले कुरिनटारबाट काठमाडौँ आइरहेको बसलाई ठक्कर दिदा कार चालक घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जादै गरेको कारले बसलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जानकारी

कारको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

पथरी । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि

महोत्तरीमा ट्र्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते

गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् ।  जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक