• २०८१ बैशाख ८ शनिबार

मधुरो प्रकासले बच्चाको आँखामा खतरा, कसरी बच्ने ?

kharibot

फाइल तस्बिर

काठमाडौँ । अधिकाशं  बच्चाहरु स्मार्टफोनमा नै झुन्डिरहेको देख्छौ, त्यसो त हामी बच्चाहरुलाई भुलाउन फकाउन आफै मोबाइल सेट दिने गर्दछौ । तर पछिल्लो समय बच्चाहरुको लागि स्मार्टफोन घातक रहेको तथ्य बाहिर आउन थालेको छ ।

 बच्चालाई खाना खुवाउन तथा रोएको बेलामा स्मार्टफोनमा काटुन,गित लगाएर फकाउने गर्दछौ । जुनसुकै समयमा स्मार्टफोन दिनु भन्दा अन्य रचानात्मक तरिकाबाट घुमफिर गराएर,किताब पढ्ने बानी बसाएर, फुटबल क्रिकेटमा जस्ता खेलकुदमा लगाएर समय कटाउन तिर लाग्नु राम्रो हुन्छ ।

नेपालमा बच्चामाा स्मार्टफोनको असर बारे अनुसन्धान नभएता पनि यसको प्रयोग भने बढ्दो छ । जसले आँखामा असर बढी पार्दछ ।  दिनप्रतिदिन बढ्दो स्मार्टफोनको प्रयोग बालबच्चाको लागि मन्द विष साबित भएको छ । एक अनुसन्धानले बच्चाहरुलाई स्मार्टफोन कोकीन जतिकै खतरनाक हुने बताएको छ । 

जनताको सुचना प्रविधिमा पहुच बढ्नु सकारात्मक देखिएता पनि अभिभावक हुदै बच्चा सम्म नै यसको प्रयोग बढ्ने देखिन्छ । त्यसो त  बच्चाहरुसम्म  स्मार्टफोन पुग्नु भनेको ड्रग्स जतिकै घातक भएको विभिन्न अनुसन्धानले देखाएको छ ।

अधिकाशं आमाबाबुको मनमा आउने गर्छ, उसको बच्चालाई मोबाईलको मध्यम तथा मधुरो किरणले बालबच्चाको आँखामा प्रभाब पार्छ । मधुरो प्रकासले बच्चाको आँखामा खतरा हुने एक सर्वेक्षण प्रष्ट पारेको छ।

फिलिप्स लाइटिंग इंडियाले सोमबार गरेको एक सवेक्षण अनुसार ६१ प्रतिशत बाबुआमा यस बिषयलाई लिएर चिन्तित हुने गरेको देखाएको छ । स्कुल जाने बच्चाहरु स्कुल समय र घरमा गरी दैनिक औषत  १२ घण्टा मध्यम किरणमा रहनु पर्ने हुदा यस कुरालाई लिएर अभिभावक चिन्तित रहेने गरेका हुन । भारत समेत १÷२ देशमा गरिएको सर्वेक्षणमा यस्तो नतिजा देखिएको हो । 

फिलिप्स लाइटिंग इंडियाको चेयरमेन सुमित जोशीले भारताका अधिकाशं बच्चा घरभित्रको कृतिम प्रकासमा रहन र स्कुलको काममा ध्यान राख्न भनेका छन्, जसले उसलाई  राम्रो किरण मिलोस आँखाको लागि राम्रो होस् । 

 गेम च्याट र भिडियो कल यसलाई हामीले  दैनिकी नै बनाइसकेका छौ । राति लाइट बन्द गरि मोबाइलको स्क्रनमा आँखा लगाउदा आँखामा नोक्सान पुगिरहन्छ । यसबाट आँखामा सुक्खापन आउछ । भारतीय एक  डाक्टरका अनुसार हरेक दिन ओपिडी मा २० प्रतिशत विरामी यस खालको समस्या लिएर आउने गर्दछन् । 

उक्त सर्वेक्षणको विश्व स्वाथ्य संगठन (डब्लुटीओ )ले समर्थन गरेको छ । डब्लुटीओले घरबाट बाहिर बाहिरको किरणमा समय व्यतित गर्नु बच्चा तथा अभिभावकको लागि पनि स्वस्थकर हुने बताएको छ ।

-एजेन्सीहरुको सहयोगमा 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै