राष्ट्रियसभाको निर्वाचन उत्साहपुर्वक सम्पन्न, मतगणना आजै हुने

खरीबोट
ad

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको एकल संक्रमणीय निर्वाचन प्रणाली अधिकांश मतदाताका लागि नयाँ भए पनि प्रशिक्षणका कारण मतदान गर्न कुनै समस्या नभएको मतदाताले बताएका छन् । 

निर्वाचन आयोगले हरेक जिल्ला निर्वाचन कार्यालयमार्फत मतदातालाई निर्वाचन प्रणलीका बारेमा प्रशिक्षण गरेकाले मतदान प्रक्रियामा सहज भएको मतदाताको भनाइ छ । 

सिन्धुपलाञ्चोकको सुनकोशी गाउँपालिकाका उपप्रमुख लक्ष्मी पौडेलले एकल संक्रमणीय निर्वाचन प्रणालीमा पहिलोपटक मतदान गरेको भए पनि निर्वाचन आयोग र पार्टीले दिएको प्रशिक्षणका कारण मतदानमा कुनै समस्या नभएको बताएका छन् । 

नेपालको संविधानअनुसार प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ सदस्यमध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुनेछन् । त्यस्तै, सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना समेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ । 

महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान भएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने बहुमतीय निर्वाचन प्रणालीका आधारमा निर्वाचन भएको हो । 

काठमाडौँ क्षेत्र नं दुई ‘ख’ का प्रदेशसभा सदस्य मणिराम फुयाँलले पनि मतदान गर्दा कुनै समस्या नभएको बताउँदै निर्वाचनपछि नयाँ सरकार गठनको बाटो खुलेको धारणा व्यक्त गरे । आयोगसँगै राजनीतिक दलहरुले पनि आफ्ना मतदातालाई निर्वाचन प्रणालीका बारेमा प्रशिक्षण दिएका कारण मतदानमा मतपत्र बदर हुने सम्भावना पनि ज्यादै न्यून छ । 

निर्वाचन शान्तिपूर्णरुपमा उत्साहका सम्पन्न 

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकभर शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान भएको जनाएको छ । आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले मुलुभर मतदान शान्तिपूर्णरुपमा उत्साहका साथ भएको बताउँदै ढिलामा भोलि माघ २५ गतेसम्म सबै मतपरिणाम आइसक्ने बताए । आयोगले एकल संक्रमणीय निर्वाचन प्रणालीअन्तर्गत निर्वाचन भएका पदको मतगणनाका लागि विज्ञ टोली खटाएको उनले जानकारी गराए । 

प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्वाचित भएकाले मतदान गर्नुपरेन । कूल ५६ सदस्यका लागि हुने मतदानमा यसअघि नै २४ जना निर्विरोध निर्वाचित भइसकेकाले आज ३२ पदमा निर्वाचन भएको हो । सबै प्रदेशमा गरी ५२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । 

आयोगले प्रदेश नं १ को विराटनगरस्थित वीरेन्द्र सभा गृहमा, प्रदेश नं ३ को ललितपुरस्थित जावालाखेल मैदानमा, प्रदेश नं ४ को कास्कीको पोखरास्थित लोकसेवा आयोगको भवनमा मतदान केन्द्रको व्यवस्था गरेको थियो । 

त्यस्तै प्रदेश नं ५ को दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, प्रदेश नं ६ को सुर्खेतको वीरेन्द्रनगरपालिकास्थित जिल्ला निर्वाचन कार्यालय भवनमा र प्रदेश नं ७ को डोटीको दीपायल सिलगढी नगरपालिकाको पदम पब्लिक मुक्तिनारायण मावि भवनमा मतदानको भएको थियो । 

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचनमण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहेका थिए । 

प्रदेश नं २ का आठवटै पदमा निर्विरोध निर्वाचित हुनुभएकाले आज छ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेशसभाका ४४३ गरी एक हजार ६७७ जना मतदाताले मताधिकार प्रयोग गरेका छन् । 

प्रदेश नं ३ मा शतप्रतिशत मतदान 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ३ मा भएको मतदानमा शतप्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बिहान निर्धारित समयमै मतदान शुरु भएको यस प्रदेशमा अपराह्न ३ बजे शतप्रतिशत मत खसेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए । 

उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयले मतदान सम्पन्न भएलगत्तै मतगणना गर्न आवश्यक तयारी गरेको छ । ‘मतगणनाका लागि आवश्यक विज्ञ खटिसकेका छन्, आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने तयारी गरेका छौं’ उनले भने । 

ललितपुरको जावलाखेलस्थित खेलमैदानमा मतदान भएको प्रदेश नं ३ को मतगणना ललितपुरस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रमा राखिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मुलुकभर आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो । 

प्रदेश नं ३ मा प्रदेशसभा सदस्य ११० र स्थानीय तहका पदाधिकारी २३८ गरी कूल ३४८ मतदाता निर्वाचन मण्डल रहेको निर्वाचन अधिकृत दवाडीले जानकारी दिए । प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिष्पर्धामा थिए ।

निर्वाचन आयोगले मतदान सकिनासाथ मतगणना शूरु गर्न निर्देशन दिइसकेकाले मतगणना आजै हुने बताइएको छ । 

(राससका लागि भीष्मराज ओझाको रिपोर्ट)

सम्बन्धित समाचार

राष्ट्रियसभाका सांसदको कार्यकाल टुङ्गियो, कसको कति बर्ष पदावधि भयो ?

काठमाडौँ  । राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।  संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो ।  संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको

राष्ट्रियसभामा महिला सांसदको गोलाप्रथाद्वारा पदावधि निर्धारण

काठमाडौँ / राष्ट्रियसभा महिला सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।  संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई

राष्ट्रियसभाका सांसदको पदावधि आज टुंगो लगाइदै, गोलाप्रथाबाट हुदैछ समयावधि निर्धारण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्ने  भएका छन् । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र

राष्ट्रियसभामा चार समिति बन्ने, सदस्यको पदावधि गोलाप्रथाबाट कायम हुने

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा नियमावली २०७५ मा चार समितिसहित सदस्यको पदावधि निर्णय गर्ने तरिकाको व्यवस्था गरेको छ ।  सात अनुसूची र २८ परिच्छेदको नियमावलीमा राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन, अध्यक्ष