• २०८१ बैशाख १४ शुक्रबार

विद्यार्थी संगठनहरुले मेडिकल कलेजको अनुगमन गर्ने

kharibot

काठमाडौँ ।  विभिन्न विद्यार्थी संगठनले पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । 

अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा आज एक प्रेस विज्ञप्ति जारी गरी चर्को शुल्क वृद्धि रोक्नुपर्नेमा माग गरेका हुन् । 

सरकारले तोकेको मापदण्ड र निर्देशन विपरीत मेडिकल शिक्षामा गरेको अनियमिततालाई रोकी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्दै अनेरास्ववियूका अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेवि संघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा २१ सदस्यीय अनुगमन टोलीसमेत गठन गरिएको छ । 

सो टोलीले युनिभर्सल मेडिकल कलेज, भैरहवा, चितवन मेडिकल कलेज, भरतपुर, किस्ट मेडिकल कलेज, ललितपुर, गण्डकी मेडिकल कलेज, पोखरा र नेशनल मेडिकल कलेज, वीरगञ्जको अनुगमन गर्नेछ । 

ती विद्यार्थी संगठनले संविधानप्रदत्त अधिकारअनुरुप आधारभूत र माध्यमिक शिक्षालाई पूर्णरुपमा निःशुल्क घोषणा गरी आगामी शैक्षिक सत्रबाट लागू गर्नुपर्ने समेत गरेका छन् । विद्यार्थी संगठनले राखेका माग जतिसक्दो चाँडो समाधान नगरेको खण्डमा कडा संघर्षमा जाने नेविसंघका सहमहामन्त्री प्रेम जोशीले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै