• २०८१ बैशाख १३ बिहीबार

नेप्से झण्डै तीन अंकले घट्यो, ७० करोड ७० लाखको सेयर किनबेच 

kharibot

काठमाडौँ ।  केही दिनयता देखि निरन्तर घटेको नेप्सेले आजपनि निरन्तरता पाएको छ । नेप्से आज दुई दसमलव ९१ अंकले घटेर १६ सय २९ दसमलव ७५ बिन्दुमा झरेको छ भने सेन्सिटिभ शुन्य दसमलव ५१ अंंकले घटेर तीन सय ४२ दसमलव ३४ बिन्दुमा झरेको छ ।

कुल एक सय ६६ कम्पनीहरुको छ हजार आठ सय २७ वटा कारोवारमा ३२ लाख १४ हजार एक सय २८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७५ करोड ७० लाख १७ हजार सात सय ६८ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज सबैगरी कुल आठ वटा समुहको कारोवार भएकोमा दुई वटा समुहको सुचक बढेर छ वटा समुहको कारोवार सुचक घटेको छ । बाँणिज्य बैक समुहको सुचक शुन्य दसमलव ५२ अंकले बढेर १४ सय १६ दसमलव ६० बिन्दुमा चढेकोमा २० करोड ९० लाख ६२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि तीन दसमलव ५३ अंकले बढेर १८ सय ६५ दसमलव ९० बिन्दुमा चढेकोमा तीन करोड ८३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । उत्पादनमुलक समुहको सुचक भने आज ५९ अंकले घटेर २६ सय २८ दसमलव ७१ बिन्दुमा झरेकोमा १६ लाख १४ हजार पाँच सय १० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बीमा समुहको सुचक ३८ दसमलव १४ अंकले घटेर नौ हजार दुई सय ४१ दसमलव ९८ बिन्दुुमा झरेकोमा १६ करोड ९७ लाख ६३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समुहको सुचक पनि पाँच दसमलव पाँच अंकले घटेर दुई हजार २९ दसमलव ५१ बिन्दुमा झरेकोमा १७ करोड ४३ लाख ९९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

होटल, फाईनान्स र अन्य समुहको सुचकमा पनि आज गिरावट आएको छ । आज बढी कमाउने कम्पनीको सुचीमा परेको सिर्जना फाईनान्सको सेयर मुल्य नौ रुपैयाँ ९८ पैसाले बढेर चार सय ९६ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको सेयर मुल्य नौ रुपैयाँ ४६ पैसाले घटेर १५ सय १२ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ । रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको २१ सय ४४ रुपैयाँ अन्तिम मुल्यमा चार करोड ८५ लाख ३२ हजार तीन सय ६५ रुपैयाँको सेयर किनबेच भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै