• २०८१ बैशाख १२ बुधबार

राष्ट्रियसभाका मतदाता दाङमा स्वागतको तयारी, पर्यटकीय स्थलको भ्रमण गराइने

kharibot

दाङ । राष्ट्रियसभा चुनावअन्तर्गत प्रदेश नं ५ को चुनावका लागि दाङ आउने मतदातालाई दाङको घोराही उपमहानगरपालिकाले पर्यटकीय स्थलहरू भ्रमण गराउने भएको छ । 

प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरले घोराहीमा आउने सबै मतदातालाई अतिथिका रूपमा स्वागत गर्दै भोजनको व्यवस्था गर्ने र यस क्षेत्रका पर्यटकीय सम्पदाको अवलोकन गराउने निर्णय गरेको बताए । 

उहाँले विभिन्न १२ जिल्लाबाट मतदानका लागि दाङ आएका सबैलाई अतिथिका रूपमा गर्न स्वागत गेट निर्माण गर्न लागिएको प्रमुख चौधरीले बताए । त्यसपूर्व नगर क्षेत्रको सरसफाइ गरी मतदान स्थललाई व्यवस्थित बनाएको चौधरीले जानकारी दिए । ऐतिहासिक अवसरमा आउने मतदातालाई घोराही नगरले अतिथिका रूपमा स्वागत गर्न लागेको बताए । 

यसैबीच, आज हुने राष्ट्रियसभा चुनावका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन कार्यालय, दाङले जनाएको छ । पाँच नं प्रदेशका लागि घोराहीमा मतदान हुनेछ । आठजना राष्ट्रियसभा सदस्यका लागि भएको हुन लागेको निर्वाचनमा तीन महिला भने निर्विरोध निर्वाचित भइसकेका छन् । 

नेपाली काँग्रेसबाट महिला कोटाका लागि राष्ट्रियसभा सदस्यका उम्मेदवार अनिता देवकोटा, नेकपा (एमाले)का तर्फबाट महिला कोटाका दाङकी कोमल वली र रोल्पाकी मीना बुढा महिला कोटामा निर्विरोध हुनुभएको हो । माघ १० गते नेकपा एमालेका चार, नेपाली काँग्रेसका चार, नेकपा (माओवादी केन्द्र) का तर्फबाट दुई र राष्ट्रिय जनमोर्चाबाट एकजनाले मनोनयन दर्ता गराएका थिए । 

दाङ, बाँके, बर्दिया, पूर्वी रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, पाल्पा, रुपन्देही, गुल्मी, परासी जिल्ला गरी १२ जिल्लाका तीन खुल्ला, तीन महिला, एक दलित र एक अल्पसङ्ख्यक, अपांग गरी आठजना निर्वाचीत हुने संवैधानिक व्यवस्था छ । 

आठजना उम्मेदवारका लागि प्रदेश नं ५ का ८७ जना प्रदेशसभा सदस्य, स्थानीय तहअन्तर्गत १२ जिल्ला समन्वय समितिका संयोजक तथा सहसंयोजक, प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसमेत २१८ गरी ३०५ जना मतदाता रहेका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । 

प्रदेश नं ५ को अस्थायी मुकाम रुपन्देही माघ ३ गते तोके पनि सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै आयोगले उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै