• २०८१ बैशाख ७ शुक्रबार

अमेरिकाद्वारा विश्वकै सभैभन्दा शक्तिशाली रकेट प्रक्षेपण

kharibot

वाशिंटन ।  अमेरिकाले विश्वकै सभैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ ।

अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरमा रहेको स्पेस सेन्टरबाट बुधबार विश्वकै शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको छ । 
यसलाई अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको हो ।

अहिलेको अवस्थामा रहेका रकेटले भन्दा फाल्कन हेभीले दुई गुणा बढी भार वहन गर्न सक्ने बीबीसीले जनाएको छ । स्पेक्स एक्सका सिइओका अनुसार पहिलो उडानमा ५० प्रतिशत मात्रै सफलता प्राप्त भए पनि अहिले भने सफलतापूर्वक प्रक्षेपण भएको छ । 

यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरको भार अन्तरिक्षमा लैजान सक्ने बताइएको छ । 

यस उडानको साथमा इलोन मस्कको पुरानो गाडी टेस्ला स्पोर्ट्स कार पनि राखिएको र यसको अगाडिको सिटमा स्पेस सुट लगाउने व्यक्तिको पुत्ला राखिएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै