• २०८१ बैशाख ७ शुक्रबार

बालिका बलात्कार गर्ने महोत्तरीका भुजेललाई १० वर्षको कैद सजाय

kharibot

महोत्तरी । तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाइएको छ । 

विसं २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको बेन्चले सो फैसला सुनाएको हो । जिल्ला प्रहरी कार्यालयले आज दिएको जानकारीअनुसार भुजेललाई सो रकम पीडित बालिकालाई क्षतिपूर्ति भराई दिने सजाय भई मुद्दा फैसला भएको छ । 

निज प्रतिवादी कुमार भुजेलले रक्सी सेवन गरी भान्जीलाई खेलाउन लान्छु भन्दै गाउँ नजिकैको सीताराम लुंगेलीको उखुबारीमा लगी बलात्कार गरेका थिए । भाइटीकाका दिन भुजेलले नातामा भान्जी पर्नेलाई बलात्कार गरेको भन्दै २०७३ साल कात्तिक १७ गते इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै