• २०८१ बैशाख ४ मंगलबार

लाजिम्पाटका फार्मेसी सञ्चालक लागूऔषधसहित पक्राउ

kharibot

काठमाडौँ । चिकित्सकको प्रेस्क्रिप्सनबिना नियन्त्रित मनोद्वीपक लागूऔषध नाइट्राजेपाम बिक्री गर्ने काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक बुद्ध बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको छ । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सन्देश फार्मेसीलाई नाइट्राजेपाम ट्याब्लेट बिक्री वितरण गर्ने ललितपुरको गोदावरी नगरपालिका–१३ का विश्वनाथ खत्रीलाई समेत पक्राउ गरेको छ । 

उक्त फार्मेसीबाट प्रहरीले नाइट्राजेपाम ८० ट्याब्लेट र खत्रीको साथबाट नाइट्राजेपाम ४१० ट्याब्लेट बरामद गरिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै