म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय स्थापना

खरीबोट

फाइल फोटो ।

ad

म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ । 

क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । 

क्याम्पसमा अहिले बिएड दोस्रो वर्षमा दृष्टिविहीन गोपाल खत्री र बिएड प्रथम वर्षमा दृष्टिविहीन धनमायाँ विक अध्ययनरत छन् । अपांगता भएका विद्यार्थीका लागि पनि अध्ययनमा सहज होस् भन्ने उद्देश्यले सो पुस्तकालय स्थापना गर्न लागिएको स्ववियू सभापति सावित्री खत्रीले बताइन् । 

क्याम्पससँगको समन्वयमा आर्थिक सहयोग गर्ने दाताको खोजी गर्न थालिएको र निकट भविश्यमै क्याम्पसमा दृष्टिविहीनका लागि पुस्तकालय स्थापना गरिने उनले जानकारी दिइन् । बोल्ने कम्प्यूटर, ब्रेल लिपि, ब्रेल पेनसहितको शैक्षिक सामग्री र श्रव्य पुस्तकसमेत पुस्तकालयमा राखिनेछ । 

करिब रु पाँच लाखको लागतमा बन्ने सो पुस्तकालयका लागि म्याग्दी विकास मञ्चले रु ५० हजार सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार क्याम्पसमा आयोजित एक कार्यक्रममा म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुनले दृष्टिविहीन विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्यले छुट्टै पुस्तकालय बनाउने अभियानमा रु ५० हजार सहयोग गर्ने घोषणा गरीन् । 

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी र म्याग्दी विकास मञ्चका महासचिव दिनेशनाराण श्रेष्ठले अपांगता भएका विद्यार्थीलाई अध्ययनमा सहजता ल्याउन पुस्तकालयले सक्दो भूमिका निर्वाह गर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

आयुर्वेद क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

काठमाडौँ ।  प्राज्ञिक विशिष्टता एवं वरिष्ठताका आधारमा क्याम्पस प्रमुखको नियुक्तिको माग राख्दै आइतबार आयुर्वेद क्याम्पसमा स्ववियुले तालाबन्दी गरेको छ ।  गत जेठ ४ गते राखेको १७ बुँदे माग र त्यसै दिन भएको सहमतिअनुसार

कानून पढ्न कोटा निर्धारण, ४० दिनदेखि लागेको ताला खुल्यो

काठमाडौँ । लामो समयदेखि त्रिवि कानून संकाय डिन कार्यालयमा लगाएको ताला आज खुलेको छ ।  विद्यार्थी र डिन कार्यालयबीच आज सहमति भएपछि करीब ४० दिनदेखि लगाइएको तालाबन्दी खुलेको नेपाल ल क्याम्पसका

कानून पढ्न कोटा निर्धारण, ४० दिनदेखि लागेको ताला खुल्यो

काठमाडौँ । लामो समयदेखि त्रिवि कानून संकाय डिन कार्यालयमा लगाएको ताला आज खुलेको छ ।  विद्यार्थी र डिन कार्यालयबीच आज सहमति भएपछि करीब ४० दिनदेखि लगाइएको तालाबन्दी खुलेको नेपाल ल क्याम्पसका

शुक्रबार त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरु बन्द हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ ।  उनको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा