म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय स्थापना

खरीबोट

फाइल फोटो ।

म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ । 

क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । 

क्याम्पसमा अहिले बिएड दोस्रो वर्षमा दृष्टिविहीन गोपाल खत्री र बिएड प्रथम वर्षमा दृष्टिविहीन धनमायाँ विक अध्ययनरत छन् । अपांगता भएका विद्यार्थीका लागि पनि अध्ययनमा सहज होस् भन्ने उद्देश्यले सो पुस्तकालय स्थापना गर्न लागिएको स्ववियू सभापति सावित्री खत्रीले बताइन् । 

क्याम्पससँगको समन्वयमा आर्थिक सहयोग गर्ने दाताको खोजी गर्न थालिएको र निकट भविश्यमै क्याम्पसमा दृष्टिविहीनका लागि पुस्तकालय स्थापना गरिने उनले जानकारी दिइन् । बोल्ने कम्प्यूटर, ब्रेल लिपि, ब्रेल पेनसहितको शैक्षिक सामग्री र श्रव्य पुस्तकसमेत पुस्तकालयमा राखिनेछ । 

करिब रु पाँच लाखको लागतमा बन्ने सो पुस्तकालयका लागि म्याग्दी विकास मञ्चले रु ५० हजार सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार क्याम्पसमा आयोजित एक कार्यक्रममा म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुनले दृष्टिविहीन विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्यले छुट्टै पुस्तकालय बनाउने अभियानमा रु ५० हजार सहयोग गर्ने घोषणा गरीन् । 

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी र म्याग्दी विकास मञ्चका महासचिव दिनेशनाराण श्रेष्ठले अपांगता भएका विद्यार्थीलाई अध्ययनमा सहजता ल्याउन पुस्तकालयले सक्दो भूमिका निर्वाह गर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

छात्रावास व्यवस्थापनको माग गर्दै पशुपति क्याम्पस भवन सरसफाइ

काठमाडौँ। अनेरास्ववियुले निरन्तर आन्दोलन गरेर महिला छात्रावासको कुरा उठाएपछि चाबहिल, काठमाडौँमा स्थित पशुपति बहुमुखी क्याम्प संचालक समितिकी पुर्व अध्यक्ष भद्रकुमारी घलेले महाङ्काल स्थित २२ कोठे भवन उपलब्ध गराएकी थिइन् ।

आरआर क्याम्पसमा विद्यार्थी संघ संगठनको होडिङ बोर्ड हट्यो

काठमाडौँ। सार्वजनिक शिक्षा र शैक्षिक संस्था प्रति बिकर्षण बढिरहेका बेला आर आर क्याम्पसमा भने एउटा सकरात्मक सुरुवात भएको छ । क्याम्पस छिर्ने वितिकै कुनै राजनीकि दलको पार्टी कार्यालय जस्तै लाग्ने

अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता शुरु

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन त्रि-चन्द्र इकाई समितीद्वारा आयोजित अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले काठमाडौँको टुडिखेल खुल्ला मैदानमा ब्याटिङ गर्दै उद्घाटन प्रतियोगिताको

कैलाली बहुमुखी क्याम्पस परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर 

कैलाली।  कैलाली जिल्लाको कैलाली बहुमुखी क्याम्पसमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुभारम्भ  गरिएको छ।  कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले एक्सटेन्सन काउन्टरको औपचारिक उदघाटन गरेका छन्