• २०८१ बैशाख १२ बुधबार

नेइमारले पिएसजीमै बेलुन डो अर जित्न सक्छन् – रोनाल्डो 

kharibot

काठमाडौँ । ब्राजिलका लिजेण्ड स्ट्राइकर रोनाल्डोले नेइमारले पिएएसजीमै बेलुन डो अर जित्नसक्ने बताएका छन् ।

नेइमारको जन्मदिनको पार्टीमा उपस्थित भएका रोनाल्डोले फ्रान्समै नेइमार विश्वको उत्कृष्ट खेलाडी बन्न सक्ने बताएका छन् । आफ्नो व्यवसायिक फुटबल क्यारियरमा रियल म्याड्रिड र बार्सिलोना दुवै क्लबबाट खेलेका रोनाल्डोले नेइमारले बेलन डो अर जित्न पिएसजीमा सबै कुरा रहेको बताएका छन् ।

नेइमार रियल म्याड्रिड जाने हल्ला चलिरहेका बेला आफ्नै देशका लिजेण्ड स्ट्राइकरले यसो भनेका हुन् । रोनाल्डो  १९९७ र २००२ मा बेलुन डो अर विजेता रोनाल्डोको यो भनाई रियल म्याड्रिडका अध्यक्षले नेइमारले पेरिसमा बसेर बेलुन डो अर जित्न नसक्ने भन्ने भनाईको जवाफको रुममा लिइएको छ । रियल अध्यक्षले केहि साता अघि नेइमारले पेरिस बसेर बेलुन डो अर जित्न नसक्ने बताएका थिए ।

रोनाल्डोले पिएसजी आफुलाई मनपर्ने क्लब मध्ये एक भएको भन्दै आफुलाई पिएसजीबाट खेल्ने अवसर कहिल्लै नआएको बताए । रोनाल्डोले भने –‘मैले निकै ठुला क्लबबाट खेल्ने मौका पाए, मैले इटाली स्पेन र हल्याण्डबाट प्रस्ताव पाएपनि फ्रान्सबाट पाइन् ।’

आगामी साता पिएसजीले च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सामना गर्दै छ । रोनाल्डोले सो खेलको चर्चा गर्दै उनले पिएसजीका फ्रेन्च स्ट्राइकर केलेन एमबाप्पेको खेल्ने शैली आफ्नो जस्तै लाग्ने बताए । म्याड्रिडले एम्बाप्पेलाई रोक्न चुनौतिपूर्ण हुने पनि रोनाल्डोले बताए ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै