प्रदेश सांसदहरु भाडाको घरमा बस्नु पर्दैन : उपमहानगर प्रमुख महत

खरीबोट
ad

हेटौँडा । प्रदेश नं ३ का सांसदहरुलाई हेटौँडामा भाडाको घरमा बस्न नपर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि सरकारी भवनमा आवासको व्यवस्था गरिने भएकाले भाडाको घर खोज्न नपर्ने भएको हो । 

मुख्य मन्त्री र मन्त्रीसँगै अन्य जिल्लाबाट आउने सांसदलाई पनि सरकारी भवनमा आवास मिलाउने तयारी गरिएको जानकारी दिंदै उनले भने, “जम्मा ११० जनाबाट १० जना मन्त्री बन्ने भएकाले उनीहरूका लागि आवासको व्यवस्था मिलाइसकेको र चारजना मकवानपुर र छजना चितवनका सांसद बाहेक ९० जनालाई आवासको व्यवस्था हामी गर्दैछौँ ।” 

उपमहानगरप्रमुख महतका अनुसार हेटौँडा सिमेन्ट उद्योगको भैँसेमा रहेको क्वाटर, हेटौँडा कपडा उद्योगको खाली भवन, हेटौँडा कोटिसिएनमा रहेको टिम्बर कर्पोरेसनका क्वाटर र डिभिजन सडक कार्यालय भवनमा आवासको तयारी भइरहेको छ । हेटौँडामा सरकारी भबन पर्याप्त रहेकाले अवासको व्यवस्थापन मिलाउन सहज भएको उनको भनाइ छ । 

मकवानपुरका राजनीतिक दलका नेताहरु र यहाँका सांसदहरुले पनि प्रदेशको स्थायी राजधानीका लागि पहल गरिरहेका कारण हेटौँडा उपमहानगरले गरिरहेको व्यवस्थापनले सो कार्यका लागि थप मद्दत मिल्ने मकवानपुरका सांसद प्रेमबहादुर पुलामीले बताए । 

मकवानपुरकै अर्का सांसद इन्द्रबहादुर बानियाँले स्थायी राजधानीका लागि पहल भइरहँदा सांसदहरुको आवास पनि महत्वपूर्ण रहेको बताए । उनले हेटौँडामा सांसदलाई अन्य प्रदेशमा जस्तो कोठा खोज्न भौँतारिनु नपर्ने जानकारी दिए । 

सडकपेटी र भारी सवारी साधन व्यवस्थापन 

हेटौँडालाई प्रदेश नं ३ को स्थायी राजधानी बनाउने पहलमा जुटेको मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडा बजारको सडकपेटीमा व्यवसाय गर्न रोक लगाउने र भारी सवारी आगमनमा समय निर्धारण गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा संघले यस्तो निर्णय गरेको हो । 

उक्त संघका अध्यक्ष कृष्ण कटवालले हेटौँडाका सडकपेटीमा अस्तव्यस्त व्यवसाय र सडक नै जाम हुनेगरी रोकिने भारी सवारी साधनले राजधानी बनाउने सवालमा राम्रो सन्देश नजाने भएकाले यस्तो निर्णय गरिएको बताए । उनले भने, “हामी प्रदेशको स्थायी राजधानी बनाउने पहलमा छौँ, बजार साँघुरो हुँदा सन्देश राम्रो जाँदैन ।” व्यवसायी पनि संघको यो निर्णयप्रति सकारात्मक रहेको उनको भनाइ छ । 

उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत धु्रव भुजेलले नगरपालिकाले गर्न चाहेको नगर व्यस्थापनमा उद्योग वाणिज्य संघले यस्तो निर्णय गर्दा आगामी दिनमा सहज हुने बताउनुभयो । उहाँले अबदेखि सडकपेटीमा व्यवसाय गर्दा जफत गरिएका सामान फिर्ता नदिनेसमेत बताए । 

विभिन्न क्षेत्रमा आज सोमबारदेखि भारी सवारी साधन जथाभावी मनलागेको समयमा प्रवेश गर्न नपाईने सवारी व्यवस्थापन समितिका अध्यक्ष काव्यमणि अधिकारीले बताए । उनका अनुसार निश्चित समयमा मात्र भारी सवारी साधनले प्रवेशको अनुमति पाउनेछन् । 

सवारी साधनको बढी चाप हुने समयलाई ध्यान दिँदै मकवानपुर उद्योग वाणिज्य संघमा आज बसेको बैठकले भारी सवारी साधन प्रवेशको हकमा समय निर्धारण गरेको हो । 

सवारी साधनमा आजदेखि नै रोक 

सवारी व्यवस्थापन समितिका संयोजक काव्यमणि अधिकारीको अध्यक्षतामा भएको सो छलफलले स्थानीय कान्तिराजपथको बुद्धचोकदेखि नगरपालिका मोडसम्म, सिमाचोकदेखि भुटनदेवी स्कूल मोडसम्म र भुटनदेवी स्कूल मोडदेखि शीतल महलचोकसम्मको क्षेत्रभित्र भारी सवारी साधन प्रवेशका लागि समय निर्धारण गरिएको हो । 

छलफलको निर्णयअनुसार बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि साझ ५ः३० बजेसम्म नौ टनभन्दा बढी क्षमताका सवारी साधनले ले सामान लोड अनलोडलगायतका कार्य गर्न नपाउने निर्णय भएको छ । सो क्षेत्रमा प्रवेश गरेका नौ टनभन्दा बढी क्षमता भएका सवारी साधन बिहान ९ बजेअगावै सो क्षेत्रबाट हटिसक्नु पर्नेछ भने बेलुका ५ः३० पछि मात्र सो क्षेत्रमा प्रवेश पाउने निर्णय गरिएको छ । 

गत माघ ८ गते संघका सचिव काव्यमणि अधिकारीको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, नारायणी यातायात व्यवसायी संघका प्रतिनिधि, हार्डवयर व्यवसायी, कपडा व्यवसायी, फर्निचर व्यवसायीसहितको प्रतिनिधित्व रहने गरी सवारी साधन व्यवस्थापन समिति गठन गरिएको थियो । 

सम्बन्धित समाचार

'अस्पतालको तलब खाने अनि नीजि क्लिनिकमा काम गर्न भएन नि '

हेटौडा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सरकारी अस्पतालमा काम गर्ने तर नीजि क्लिनिकमा ध्यान दिने चिकित्सकहरुले स्वास्थ्य क्षेत्रमा समस्या पारेको बताएका छन् । आजबाट हेटौँडामा सुरु भएको स्थानीय तहमा

प्रदेश राजधानी हेटौँडाबाट नसार्न मुख्यमन्त्रीलाई देउवाको आग्रह

हेटौँडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् ।  पूर्वप्रधानमन्त्री देउवाले काँग्रेसको नेतृत्वमा रहेको

प्रदेश ३ को राजधानी सार्ने कुरा नगर्न राजधानीका सांसदहरुलाई प्रदेश मन्त्रीको चेतावनी  

हेटौँडा । प्रदेश नंबर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश नंबर ३ को राजधानीको विषयमा अहिले चर्चा गर्ने समय नभएको बताएका छन् । आज हेटौँडामा पत्रकारहरुसँको

कर्मचारीमाथि खनिए प्रदेश ३ का मुख्यमन्त्री पौडेल, असहयोग गरेको आरोप

काठमाडौं । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारीहरुले संघीयतालाई अझै आत्मसात् गर्न नसकेको आरोप लगाएका छन् । मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समिति सुन्दरीजलको सामुदायिक भवनको शिलान्यास गर्दै

Loading...

Loading...