काठमाडौं । इङलिश प्रिमियर लिगमा लगातर दोस्रो खेलमा पराजित भएपछि चेल्सीको संकट बढेको छ ।
म्यानेजर एन्टोनी कोन्टेले चेल्सी छोड्ने हल्लाका बीच क्लबले हार बेहोरेपछि क्लब र म्यानेजरबीचको विवाद झन् बढ्ने देखिएको छ ।
गए राति भएको खेलमा चेल्सी वाटफोर्डसँग ४– १ ले पराजित भएको हो ।
खेलको ३०औं मिनेटमा बाकायोकोले रातो कार्ड पाए पछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो । जसको वाटफोर्डले पुरा फाइदा उठाउदै चेल्सीलाई पराजित गरेको छ ।
वाडफोर्डले खेलको ४२औँ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गर्यो भने ८४औ, ८८औँ र इन्जुरी समयमा गोल गर्दै चेल्सीलाई ४ – १ गोलले पराजित गर्यो ।
चेल्सीका लागि एक मात्र सान्त्वना गोल इडेन हाजार्डले खेलको ८२औैँ मिनेटमा गोल गरेका थिए ।
गत सिजनको विजेता चेल्सीले यस सिजनमा अहिलेसम्म कुल ६ खेलमा हार बेहोरी सकेको छ जबकी गत सिजनमा कुल ५ खेलमा पराजित भएको थियो ।
हारपछि चेल्सी प्रिमियर लिगमा २६ खेलमा ५० अंकसहित लिगको चौथो स्थानमा रहेको छ भने वाटफोर्ड २६ खेलमा ३० अंकसहित लिगको ११औ स्थानमा रहेको छ ।