• २०८१ बैशाख ८ शनिबार

नेपाल टेलिकमको वार्षिक आम्दानी रु ४४ अर्ब ५९ करोड

kharibot

काठमाडौँ ।  सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ । 

कम्पनीले आव २०७३÷०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड बढी हो । आव २०७२÷०७३ मा रु ४४ अर्ब २० करोड आम्दानी गरेको कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा जानकारी दिइयो । 

यसैगरी, कम्पनीको खुद नाफामा १३ दशमलव ४२ प्रतिशतले वृद्धि भई आव २०७३÷०७४ मा रु १५ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७३÷०७४ मा रु १०२ दशमलव ४९ पुगेको छ । 

यसवर्ष कम्पनीकै इतिहासमा पहिलो पटक वार्षिक साधारणसभाबाट आफ्ना शेयरधनीलाई २०७३÷०७४ को लाभांश हालसम्मकै सर्वाधिक अर्थात प्रतिशेयर रु ५५ का दरले उपलब्ध गराउन सफल भएको छ । यसलाई कम्पनीको सफलताका रुपमा लिइएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । 

टेलिकमले आव २०७३-०७४ रु २४ अर्ब ५४ करोड राजश्व बुझाएको आज जारी विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै