• २०८१ बैशाख १३ बिहीबार

अमेरिकन आर्मी भन्दै करोडौ ठगी गर्ने पक्राउ, फेसबुकमा साथी बनाएर ठग्ने गरेको खुलासा

kharibot

 काठमाडौँ । आफुलाई अमेरिकन आर्मी भन्दै करोडौ ठगी गरेको आरोपमा प्रहरीले सुलभ पण्डित क्षेत्रीलाई पक्राउ गरको छ । 

१४ जनालाई अमेरिका पठाइदिने बह्न्दै एक करोड ५० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहर को केन्द्रीय अनुसन्धान ब्युरोले क्षेत्रीलाई पक्राउ गरेको जानकारी दिएको छ । 

प्रहरीका अनुसार  क्षेत्रीले खासगरी महिलालाई आफु अमेरिकन आर्मी भएको र अमेरिका पठाइदिने भन्दै ठगि गरेको खुलासा गरेको छ । उनले तीन नामको प्रयोग गरी ठगेको पर्हरिको आरोप छ । कसैलाई मनिष बस्नेत, कसैलाई नरेन्द्र बहादुर पण्डित र कसैलाई सुलभ पण्डित क्षेत्री भन्दै ठगेको प्रहरीले जनाएको छ ।

क्षेत्रीलाई प्रहरीले कथ्मंदुको गोकर्णेश्वर-८ बेसी गाउबाट पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । २९ बर्षिय पण्डित सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका -७ का स्थायी बासिन्दा रहेको बताइएको छ  ।

क्षेत्रीले युवतीहरुलाई फेसबुकमा साथी बनाएर भ्रममा पारी ठग्ने गरेको, विभिन्न बैंकमा तीन नामको प्रयोग गरी खाता खोलेको, आफुलाई मनिष बस्नेत भनेर काठमाडौँ जिल्ला अदालतबाट कोर्ट म्यारिज पनि खुल्न आएको, आफ्नो परिचय लुकाउन मनिष बस्नेत र नरेन्द्र बहादुर पण्डितको नाममा नागरिकता समेत निकालेको प्रहरीको आरोप छ ।

त्यस्तै क्षेत्रीविरुद्ध विभिन्न व्यक्तिहरुले काठमाडौँ जिल्ला अदालतमा ४ करोड ९५ लाख बराबर ठगि गरेको अभियोग समेत पेश भएको प्रहरीले उल्लेख गरेको छ । अहिलेपनि विभिन्न व्यक्तिहरुले क्षेत्रीबाट ठगिएको उजुरी आउनेक्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै