• २०८१ बैशाख ४ मंगलबार

सुदूरपश्चिमको विकासका लागि जापानमा १० लाखको अक्षय कोष स्थापना

kharibot

जापान । नेपालको सुदूरपश्चिम घर भई जापानमा विभिन्न पेशा व्यवसाय गरी बस्दै आएका सुदूरपश्चिमेलीहरुले आफ्नो स्थानको विकासका लागि १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । जापान बस्ने सुदूरपश्चिमेलीको संस्था सुदूरपश्चिमेली समाज जापानको पाँचौँ महाधिवेशनले आइतबार उक्त अक्षय कोषको स्थापना गरेको हो । 

एनआरएन अध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले दश लाखको अक्षयकोष स्थापना गरेको समाजका नवनिर्वाचित सदस्य भक्तराज जोशीले खरीबोटलाई जानकारी दिए । यस्तै, महाधिवेशनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । समाजको नयाँ अध्यक्षमा एकेन्द्र थापा चयन भएका छन् भने उनको नेतृत्वमा अध्यक्षसहित १६ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

महाधिवेशनबाट उपाध्यक्षमा मदन साउद, कृष कोइराला र दल बहादुर धामी चयन भएका छन् । त्यसैगरी महासचिवमा दिनेश अधिकारी चयन भएका छन् । सचिवमा जयानन्द भट्ट, प्रकाश चन्द जोशी र राम विष्ट चयन भएका हुन् ।

त्यस्तै कोषाध्यक्ष मा नृप कुँवर तथा सह—कोषाध्यक्षमा पुनम विष्ट चयन भएका हुन् भने सदस्यहरुमा भक्तराज जोशी, चेतमान रावल, पूर्ण जोशी, उज्जल सिंह डडाल, प्रवीन टे«लर र खेम ओझा चयन भएका समाजका केन्द्रीय सदस्य भक्तराज जोशीले जानकारी दिएका छन् । 

पाँचौँ महाधिवेशनले १० लाखको अक्षयकोष समेत स्थापना गरेको छ भने स्थापना गरिएको अक्षयकोषमा एनआरएनएका अध्यक्ष भवन भट्टले १ लाख रुपैया अक्षयकोषलाई सहयोग गरेका छन् ।

कार्यक्रममा बोल्दै भट्टले सुदुरपश्चिमको विकासमा आफ्नो साथ र सहयाग हुने समेत बताए । अक्षयकोषमा जम्मा हुन आउने रकम सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खर्च गर्ने बताइएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै