सुदूरपश्चिमको विकासका लागि जापानमा १० लाखको अक्षय कोष स्थापना

खरीबोट
ad

जापान । नेपालको सुदूरपश्चिम घर भई जापानमा विभिन्न पेशा व्यवसाय गरी बस्दै आएका सुदूरपश्चिमेलीहरुले आफ्नो स्थानको विकासका लागि १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । जापान बस्ने सुदूरपश्चिमेलीको संस्था सुदूरपश्चिमेली समाज जापानको पाँचौँ महाधिवेशनले आइतबार उक्त अक्षय कोषको स्थापना गरेको हो । 

एनआरएन अध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले दश लाखको अक्षयकोष स्थापना गरेको समाजका नवनिर्वाचित सदस्य भक्तराज जोशीले खरीबोटलाई जानकारी दिए । यस्तै, महाधिवेशनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । समाजको नयाँ अध्यक्षमा एकेन्द्र थापा चयन भएका छन् भने उनको नेतृत्वमा अध्यक्षसहित १६ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

महाधिवेशनबाट उपाध्यक्षमा मदन साउद, कृष कोइराला र दल बहादुर धामी चयन भएका छन् । त्यसैगरी महासचिवमा दिनेश अधिकारी चयन भएका छन् । सचिवमा जयानन्द भट्ट, प्रकाश चन्द जोशी र राम विष्ट चयन भएका हुन् ।

त्यस्तै कोषाध्यक्ष मा नृप कुँवर तथा सह—कोषाध्यक्षमा पुनम विष्ट चयन भएका हुन् भने सदस्यहरुमा भक्तराज जोशी, चेतमान रावल, पूर्ण जोशी, उज्जल सिंह डडाल, प्रवीन टे«लर र खेम ओझा चयन भएका समाजका केन्द्रीय सदस्य भक्तराज जोशीले जानकारी दिएका छन् । 

पाँचौँ महाधिवेशनले १० लाखको अक्षयकोष समेत स्थापना गरेको छ भने स्थापना गरिएको अक्षयकोषमा एनआरएनएका अध्यक्ष भवन भट्टले १ लाख रुपैया अक्षयकोषलाई सहयोग गरेका छन् ।

कार्यक्रममा बोल्दै भट्टले सुदुरपश्चिमको विकासमा आफ्नो साथ र सहयाग हुने समेत बताए । अक्षयकोषमा जम्मा हुन आउने रकम सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खर्च गर्ने बताइएको छ ।   

सम्बन्धित समाचार

बार्सिलोनाका लिजेण्ड इनेस्टा अब जापानबाट खेल्ने 

काठमाडौँ  । स्पेनीस क्लब बार्सिलोनामा २२ बर्ष भन्दा बढी विताएर यसै सिजनको अन्त्यसँगै विदा भएका आन्द्रे इनेस्टा जापानीज क्लब भिसेल कोवीमा आबद्द हुने भएका छन् । इनेस्टाले बुधबार राति सो बारे

प्रधानमन्त्री ओलीद्वारा जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।  आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत उनले सो निमन्त्रणा गररेका हुन् ।  राजदूत ओगावाले सोमबार

सोलुखम्बुमा लेक लागेर एक जापानीको मृत्यु

विराटनगर  ।  सोलुखम्बुमा लेक लागेर आइतबार एक जापानी नागरिकको मृत्यु भएको छ ।  खुम्बुपासाङल्हामु–४ स्थित लबुचे वेस क्याम्पमा लेक लागेर गम्भीर बिरामी भएका ४२ वर्षीय कुगा टाकाहिरोको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई

ओलम्पिक तयारीलाई फुपुल्हामु खत्री जापानतर्फ

काठमाडौं  । टोकियो ओलम्पिक– २०२० को तयारीका लागि जुडो खेलाडी फुपुल्हामु खत्री आइतबार जापान प्रस्थान गरेकी छन् ।  ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत फुपु २ वर्ष ३ महिनाका लागि जापान गएकी हुन् ।

Loading...

Loading...