• २०८१ बैशाख ८ शनिबार

बर्दियामा ३९ हजार पुरस्कारको मेयरकप टि२० क्रिकेट हुदै

kharibot

बदिया(गुलरिया)   ।  बर्दियाको गुलरियामा ३९ हजार पुरस्कार राशीको मेयरकप टी२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा पहिलो मेयरकप टि–२० क्रिकेट प्रतियोगिता सुरुहुन लागेको हो । गुलरिया नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा हुन लागेको प्रतियोगितामा गुलरिया नगरपालिका भित्रका टीमहरु सहभागी छन् ।

सदरमुकाममा कुनै पनि क्रिकेट मैदान नभए पछि राष्ट्रिय खेलकुद विकास समितिको स्वामित्वमा रहेको  खेल मैदान स्थित कर्भडहलको मैदानलाई मर्मत गरेर प्रतियोगिता संचालनको तैयारी रहेको छ ।

माघ २५ गते देखि फागुन ४ गते सम्म लिग कम नकआउटको आधारमा खेलाइने क्रिकेट प्रतियोगितामा गुलरिया नगरपालिका भित्रका ८ वटा टीमहरु सहभागी हुने जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष विनय राजभण्डारीले बताए । लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउनका लागि प्रतियोगिताको आयोजना धेरै टेवा पुग्ने र जिल्लाकै क्रिकेटको खेलमा सुधार हुने कुरा समेत राजभण्डारीले भने ।

गुलरिया नगरपालिकामै पहिलो पटक आयोजना हुन लागेको मेयरकप टि२० क्रिकेट प्रतियोगितामा ब्ल्याकवक क्रिकेट क्लब गुलरिया, जनचेतना युवा क्लब खैरी, हिमाली स्पोर्टस् क्लब चौगुर्जी, बर्दियाटाइगर युथ स्पोर्टस् क्लब गुलरिया, जयदुर्गाभवानी क्लब तुल्सिपुर, शिवशक्ति समाज खैरापुर, खैरापुर स्पोर्टस् क्लब र राईजिङ्ग स्टार स्पोर्टस् क्लब गुलरिया टिम रहेका छन ।

सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २७ हजार ५सय रुपैयाँ र द्वितिय हुने टीमलाई नगद ११ हजार ५सय रुपैयाँ प्रदान गरिने जनाइएको छ। त्यस्तै म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद ५सय तथा म्यान अफ द सिरिजका खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार राशी राखिएको छ।

गुलरिया नगरपालिकाले पहिलो पटक गर्न लागेको मेयरकप क्रिकेट प्रतियोगितामा सहयोग गर्न गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले आग्रह गरेका छन्। । प्रतियोगिताका सम्बन्धमा जिल्ला क्रिकेट संघ बर्दियाले पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी समेत गराएको छ।

पहिलो पटक भएकाले अनुभव नहुँदा थोरै बजेट विनियोजन भएको भन्दै आगामी वर्षहरुमा खेलकुदका क्षेत्रमा विशेष पहल गर्ने उनको भनाइ छ। क्रिकेट खेलमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन थालेकाले गुलरिया नगरपालिका क्षेत्रबाट पनि क्रिकेटका खेलाडीहरु उत्पादन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मेयर यादवले प्रष्ट पारे।

उनले थपे राम्रो खेलाडी उत्पादन गर्न सके गुलरिया नगरपालिकाको मात्र होइन देशकै क्रिकेट क्षेत्रको मेरुदण्ड सबल हुन्छ। क्रिकेटको विकासका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै