• २०८१ बैशाख १३ बिहीबार

अभिषेक बच्चन ४१ बर्षका भए, चर्चित रहयो ऐश्वर्यसँगको प्रेम र विवाह

kharibot

मुम्बई । बलिवुडका अभिनेता अभिषेक बच्चनले आज ४१ बर्षका भएका छन् । बलिवुडका महानायक अमिताभ बच्चन र अभिनेत्री जया भादुरीका सुपुत्र अभिषेक बलिवुडमा अलग्गै पहिचान बनाउन सफल अभिएन्तको रुपमा चिनिन्छन् । फिल्मी क्यारियरको सुरवातमा निकै उतार चढाव बेहोरेका अभिषेक बच्चन बलिवुडमा जम्न निकै मिहिनेत गर्नु परेको थियो । 

सुरुमा आएका एक दर्जन भन्दा बढी फ्लप फिल्मले अभिषेकको आत्मविश्वास नै डगमगाउन थालेको भएपनि उनि त्यसबाट निस्किन सफल भए र अभिले बलिवुडमा एक सफल अभिनेताको रुपमा स्थापित रहेका छन् ।

सन् २००० मा  जेपी दत्ताको फिल्म रिफ्युजीबाट फिल्मी क्यारियर सुरु गरेका अभिषेकले कैयौ फ्लप फिल्मका वावजुत गुरु, युवा, धुम सिरिज, दोस्ताना, ह्यापी न्यु इयर, बोल बच्चन, बन्टि और बबली, हाउसफुल सिरिज जस्ता सफल फिल्ममा अभिनय गरेका छन् ।

फिल्ममा जति अभिषेकको चर्चा र पहिचान छ त्यसमा उनका पिता अमिताभ बच्चनको लिगेसीले उनलाई ओझेलमा पारेको छ भन्नेहरु पनि छन् । तर अभिषेकले भने त्यो बाट बाहिर निस्केर सफल फिल्म दर्शक सामु दिन सफल भएका छन् ।

अभिषेक पछिल्लो समय फिल्मी क्यारियर भन्दा पनि निजी कारणले पनि चर्चामा रहेका छन् । मिस युनिभर्स ऐश्वर्या रायसँग विवाह गरेपछि अभिषेक बच्चनलाई ऐश्वर्याका पतिको रुपमा पनि चिनिन थालियो । त्यसो त अभिषेक र ऐश्वर्याको भेट र प्रेम प्रसंग पनि त्यतिकै रोचक रहेको छ । सन् २००० मा फिल्म ढाई अक्षर प्रेम के नामक फिल्म सँगै गर्दा उनीहरु बीच निकटता बढेको थियो । २००२ मा अभिषेक र करिश्माको इन्गेजमेन्ट भएपनि २००३ मा सो इन्गेजमेन्ट टुटेको थियो । त्यस्तै ऐश्वर्या राय पनि अभिनेता सलमान खानसँगको ब्रेकअप पछि विवेक ओबरायसँगको प्रेममा थिइन् । बिचमा अभिषेकको नाम अभिनेत्री रानी मुखर्जीसँग पनि जोडिएको थियो । उनीहरुले सँगै युवा, बन्टि और बबली, कभी अल बिदा ना कहना जस्ता फिल्ममा सँगै काम पनि गरे र आम दर्शकले पनि यो जोडीलाई अत्यन्त मन पराएको थियो ।

त्यसपछि अभिषेकको फिल्म बन्टि और बबलीको निकै सुपर हिट गीत कजरारेमा ऐश्वर्या रायले नृत्य गरेकी थिइन् । सोहि गीतको सुटिंगका क्रममा ऐश्वर्या र अभिषेक नजिक भएको बताइन्छ । त्यसपछि दुवैले फिल्म उमराव जानमा अभिनय गरे । सो फिल्म सुटिंगका क्रममा दुवैको प्रेम बाहिर आएको थियो । त्यसपछि उनीहरुले गुरु र धुम-२ मा सँगै काम गरे ।

अन्तत: अभिषेकले टोरोन्टोमा गुरु फिल्मको प्रिमियरका क्रममा ऐश्वर्यालाई विवाहको प्रस्ताव गरे र उनले सो प्रस्ताव स्वीकार गरेकी थिइन् । अभिषेक र ऐश्वर्याले सन् २००७ जनवरी १४ मा इन्गेजमेन्ट गरे भने सोहि बर्ष अप्रिल २० मा विवाह गरेका थिए ।

विवाहपछि अभिषेक र ऐश्वर्या २००९ मा विश्वकै चर्चित टेलिभिजन शो द ओपेरा विन्फ्रे शोमा सहभागी भएका थिए । दुवैबाट २०११ मा छोरी आराध्याको जन्म भयो । अहिले पनि यो जोडी बलिवुडको सुपर जोडीको रुपमा चिनिन्छ । ऐश्वर्या जति आफ्नो कामबाट विश्वभर चर्चित छन् त्यति नै परिवार र छोरीको हेरविचार गर्ने असल आमाको भूमिकामा पनी उनलाई उदाहरणको रुपमा लिने गरिन्छ । 

अभिषेक बच्चन फिल्मी क्यारियरका अलावा खेलकुद क्षेत्रमा पनि निकै सक्रिय छन् । उनले परो कवड्डी लिगमा एक टिम किनेका छन् । जयपुर पिंक प्यान्थर, जसले २०१४ को पहिलो परो कवड्डी च्याम्पियनसिप जितेको थियो । त्यस्तै अभिषेकले इन्डियन फुटबल सुपर लिगमा चेन्नई फुटबल क्लबका साझेदार पनि हुन् । चेन्नईले २०१५ को इन्डियन सुर लिग जितेको थियो । 

-एजेन्सीहरुको सहयोगमा 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै