• २०८१ बैशाख ५ बुधबार

भारत पाकिस्तान सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहान

kharibot

श्रीनगर (भारत प्रशासित काश्मिर) । भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको समाचार छ । 

दुवै देशका सैनिकले दुवै तर्फबाट गोली हानेका तर कतैतर्फ मानवीय हताहत भने नभएको समाचारमा जनाइएको छ । 

काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको थियो । उक्त क्षेत्र श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा पर्दछ । 

सो क्षेत्रमा बुधबार बिहान सबेरै करिब ५ः३० बजेबाट यस्तो गोली हानाहान शुरु भएको थियो । दुवै देशका सेनाको तर्फबाट एकले अर्काेलाई ताकेरै गोली हानेको प्राप्त समाचारमा जनाइएको छ । 

यसरी गोली हानाहानको स्थिति अपराह्न करिब १ बजेसम्म नै जारी रहेको थियो । एकजना भारतीय रक्षा अधिकारीले भारततर्फ यस आक्रमणबाट कुनै मानवीय क्षति नभएको जानकारी सिन्ह्वा समाचार समितिलाई दिएका छन् । 

गत हप्ता पनि सोही क्षेत्रमा यसैगरी गोली हानाहान भएको थियो । त्यसमा परेर एकजना भारतीय सैनिक र एक सर्वसाधारण महिलाको ज्यान गएको थियो । ती भारतीय अधिकारीका अनुसार भारत प्रशासित सो क्षेत्रमा यस वर्ष कम्तीमा पनि ३०० वटा यस्तै गोली हानाहानका घटना भएका छन् । तिनमा परेर केही सर्वसाधारण नागरिकका साथै सैनिकको पनि ज्यान गएको छ । 

यस्ता दोहोरो फायरिङ गर्नेमा भारत र पाकिस्तानले एकले अर्काे देशलाई दोषारोपण गर्ने गरेका छन् । यस घटनामा पनि एकले अर्काेलाई आक्रमणको दोष दिएका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै