• २०८१ बैशाख ६ बिहीबार

भ्यालेन्सियालाई हराउदै एथलेटिकोले बार्सिलोनासँगको दुरी घटायो 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिडले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ ।

गएराती भएको दोस्रो र तेस्रो स्थानमा रहेका एथलेटिको म्याड्रिड र भ्यालेन्सियाबीचको खेलमा एथलेटिकोले १-० को जित निकालेपछि शिर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी ९ अंकमा घटाएको छ ।

बार्सिलोनाको २२ खेलमा ५८ अंक रहेको छ भने एथलेटिकोको २२ खेलम ४९ अंक रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको २२ खेलमा ४० र चौथो स्थानमा रहेको रियल म्याड्रिडको २१ खेलमा ३९ अंक रहेको छ । 

गएराती नै भएको खेलमा बार्सिलोना इस्पेनियोलसँग १-१ गोलको बराबरीमा रोकिएपछि यसको फाइदा एथलेटिको म्याड्रिडलाई भएको छ ।

एथलेटिकोका लागि खेलको एक मात्र गोल खेलको ५९औ मिनेटमा एंगल कोररियाले गरेका थिए । कोररियाले यस सिजनमा गरेको यो छैठौ गोल हो ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै