• २०८१ बैशाख ५ बुधबार

जेरार्ड पिकेको गोलमा बार्सिलोना हारबाट जोगियो

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा इस्पेनियोलसँग बार्सिलोना १-१ गोलको बराबरीमा रोकिएको हो ।

१-० ले पछि परेको बार्सिलोना लियोनेल मेसीको फ्री-किकमा जेरार्ड पिकेले हेडबाट गोल गरेपछि हारबाट जोगिएको थियो । खेलको ८२औ मिनेटमा पिकेले गोल गरेका थिए । यसअघि इस्पोनियलका लागि खेलको ६६औ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यस खेलमा लियोनेल मेसी दोस्रो हाफको ५९औ मिनेटमा मात्र मैदानमा छिरेका थिए । लिभरपुलबाट बार्सिलोना आए फिलिप कोन्टिन्होले बार्सिलोनाका लागि यस खेलमा पनि डेभ्यु गोल गर्न असफल भएका छन् । कोन्टिन्होले हानेको बल बारमा लागेर बाहिरीएको थियो । 

वर्षाका बीच भएको खेलमा बार्सिलोनाले बराबरीको नतिजा निकालेपछि दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग अब केबल ९ अंकको दुरी कायम भएको छ । बार्सिलोनाको २२ खेलमा ५८ अंक छ भने एथलेटिकोको २२ खेलमा ४९ अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै