जेरार्ड पिकेको गोलमा बार्सिलोना हारबाट जोगियो

खरीबोट

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा इस्पेनियोलसँग बार्सिलोना १-१ गोलको बराबरीमा रोकिएको हो ।

१-० ले पछि परेको बार्सिलोना लियोनेल मेसीको फ्री-किकमा जेरार्ड पिकेले हेडबाट गोल गरेपछि हारबाट जोगिएको थियो । खेलको ८२औ मिनेटमा पिकेले गोल गरेका थिए । यसअघि इस्पोनियलका लागि खेलको ६६औ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यस खेलमा लियोनेल मेसी दोस्रो हाफको ५९औ मिनेटमा मात्र मैदानमा छिरेका थिए । लिभरपुलबाट बार्सिलोना आए फिलिप कोन्टिन्होले बार्सिलोनाका लागि यस खेलमा पनि डेभ्यु गोल गर्न असफल भएका छन् । कोन्टिन्होले हानेको बल बारमा लागेर बाहिरीएको थियो । 

वर्षाका बीच भएको खेलमा बार्सिलोनाले बराबरीको नतिजा निकालेपछि दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग अब केबल ९ अंकको दुरी कायम भएको छ । बार्सिलोनाको २२ खेलमा ५८ अंक छ भने एथलेटिकोको २२ खेलमा ४९ अंक रहेको छ ।
 

सम्बन्धित समाचार

इबरविरुद्ध बार्सिलोनाको सहज जित, स्वरेज र अल्बाले गरे गोल 

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले इबरलाई २-० ले पराजित गरेको छ । शनिबार भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वरेज र जोर्डी अल्बाले गोल गरेका थिए ।  खेलको १६औ मिनेटमा स्वरेजको

भ्यालेन्सियालाई हराउदै एथलेटिकोले बार्सिलोनासँगको दुरी घटायो 

काठमाडौँ । स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिडले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ । गएराती भएको दोस्रो र तेस्रो स्थानमा रहेका एथलेटिको म्याड्रिड र भ्यालेन्सियाबीचको खेलमा एथलेटिकोले १-० को जित निकालेपछि

रियल म्याड्रिडलाई लेभान्टेले बराबरीमा रोक्यो, डेभ्यु खेलमा पज्जिनीले गरे गोल  

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती भएको लेभान्टेसँगको खेलमा रियल म्याड्रिड २-२ गोलको बराबरीमा रोकिएको हो ।  इन्जुरी पछि खेलमा फर्किएका रियल म्याड्रिडका कप्तान सर्जियो

फ्री-किकबाट धेरै गोल गर्नेमा रोनाल्डोभन्दा मेसी अगाडी 

काठमाडौँ । विश्वफुटबलमा लियोनेल मेसी र क्रिष्टियानो रोनाल्डोको तुलना सधै हुने गर्दछ । दुवैमा को राम्रो भन्ने प्रश्नको उत्तर खोज्न संसारभरका फुटबल फ्यान विभाजित हुने गर्दछन ।  तर पछिल्लो समय मेसीको