विद्यार्थीको तनाव कम गर्न नरेन्द्र मोदीले लेखे किताब

खरीबोट

नयाँदिल्ली ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लेख्नु भएको “इक्जाम वारियर” (परीक्षाका योद्धाहरु) नाम पुस्तक सार्वजनिक भएको छ । 

पुस्तकमा विद्यालयस्तरका विद्यार्थीहरुले परीक्षाका बेलामा उत्पन्न हुने तनावलाई कसरी कमगर्न सक्छन् भन्ने बारेमा जानकारी दिने विषयवस्तुहरु समावेश गरिएका छन् ।  भारतीय प्रधानमन्त्रीले यस प्रकारको पुस्तक लेखेको यो पहिलो घटना हो । भारतको ‘पेन्गुइन र्यान्डम हाउस’ मा शनिबार सो पुस्तक विमोचन गरिएको हो । 

विद्यालयस्तरका विद्यार्थीहरुले दिन लागेको उनीहरुको बार्षिक परीक्षाको समय पारेर यो पुस्तक सार्वजनिक गरिएको छ । भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्डले आगामी मार्च ५ देखि अप्रिल ४ सम्ममा कक्षा दशको बार्षिक परीक्षा सम्पन्न गर्नेगरी परीक्षा तालिका बनाएको छ । 

त्यसैगरी कक्षा १२ को परीक्षा पनि मार्च ५ देखि अप्रिल १३ सम्ममा सम्पन्न गर्ने योजना बोर्डले बनाएको छ ।  भारतीय बालबालिकाले परीक्षामा राम्रो नतिजाका लागि आफ्ना अविभावकहरुबाट ठूलो तनाव एवम् दवाव खेप्नुपर्दछ । 

अविभावकहरुको दवावका कारण विद्यार्थीहरु परीक्षाको ठूलो तनावमा पर्ने गर्छन् । यस्तो तनावका कारण माध्यमिक विद्यालयको नतिजासँगै वर्षेनी केही विद्यार्थीले आत्महत्या समेत गर्ने गरेको पाइन्छ । 

यस्तो तनावलाई कमगर्न प्रधानमन्त्री मोदीले लेख्नुभएको सो पुस्तक सहयोगी हुने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । 

सम्बन्धित समाचार

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण : विगतको भन्दा पृथक

काठमाडौँ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ ।  नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा

काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् ।  भारतीय वायुसेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी आज बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गरेका हुन् ।  जनकपुर विमानस्थलमा

मोदी आउने बाटो अझै तयार हुन सकेन

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको दुई दिन पनि बाँकी नरहेको अवस्थामा उनी आउने बाटो अहिले सम्म  तयार हुन सकेको छैन । मोदी  भारतको विहार राज्यको राजधानी  पटनाबाट  जनकपुर

मोदी विरोधी ह्यासट्याग ट्वीटरमा ट्रेण्ड गर्दै 

काठमाडौं । आगमी बैशाख २८ र २९ गते नेपालको राजकिय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा प्रयोगकर्ताहरुले #BlockadeWasCrimeMrModi ट्रेण्ड गराइरहेका