• २०८१ बैशाख १२ बुधबार

कैलालीको केलारीमा जनता बैंकको निःशुल्क आँखाशिविर

kharibot

काठमाडौं । जनता बैंकले निःशुल्क आँखाशिविर सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनता बैंक नेपाल लिमिटेडको सहयोगमा शनिबार कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखाशिविर सम्पन्न गरेको हो । 

धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखाशिविर सम्पन्न भएको हो । आँखाशिविरमा १२२४ जनाले विशेषज्ञ चिकित्सकबाट आँखा जचाएका थिए । जसमध्ये ३०० जना बिरामीलाई अपरेसनको लागि धनगढी नेत्रालयमा रिफर गरिएको छ, जहाँ उनीहरुले निःशुल्क अपरेशन सेवा प्राप्त गर्नेछन् ।

त्यसैगरी उक्त शिविरमा करिब १०० बिरामीहरुलाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने आवश्यकताअनुसारको औषधि निःशुल्क वितरण गरिएको थियो ।

उल्लेख्य संख्यामा जनसहभागिता रहेको आँखाशिविरमा जनता बैंकका कर्मचारी र स्थानीय प्रहरीहरु समेत गरी करिब ५० जनाले स्वयम् सेवकको भूमिकामा शिविर व्यवस्थापनमा सहयोग गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै