काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले आइतबारदेखि पाल्पा जिल्लाको तानसेन तथा काठमाडौं जिल्लाको जोरपाटीमा थप २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले पाल्पा जिल्लामा पहिलो शाखा कार्यालय खोलेको हो भने काठमाडौं उपत्यकाभित्र जोरपाटीमा ३५आँै शाखा कार्यालय खोलिएको हो । दुई नयाँ शाखा थप गरेसँगै बैंकको शाखा संख्या ११५ पुगेको छ ।
बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्गसम्म सेवा पु¥याउने उद्देश्यले ७ वटै प्रदेशमा ११५ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६८ शाखा रहित बैंकिङ्ग सेवामाफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।