• २०८१ बैशाख ७ शुक्रबार

नेप्से अन्तिममा समयमा घट्यो, सात समुहले गुुमाउँदा तीन समुहले कमाए 

kharibot

काठमाडौ । साताको पहिलो कारोवार दिन आज आईतबार सुरुवाती समयमा नेप्से झण्डै छ अंकले बढेको भएपनि अन्तिम समयमा आएर नेप्से घटेको छ ।

नेप्से आज एक दसमलव एक अंकले घटेर १४ सय १० दसमलव ५१ बिन्दुुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव १८ अंकले घटेर दुई सय ९७ दसमलव ९४ बिन्दुुमा कायम हुन पुगेको छ । एक सय ६३ कम्पनीहरुको चार हजार सात सय ४५ वटा कारोवारमा ११ लाख ४१ हजार एक सय पाँच कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ४६ करोड ६४ लाख ९० हजार सात सय ४८ रुपैयाँ पुगेको छ । 

नेप्सेमा सबैगरी आज १० वटा समुहको कारोवार भएकोमा सात वटा समुहले गुुमाउँदा तीन वटा समुहले कमाएकाछन । जलबिद्युुत समुहको सुचक १४ दसमलव ५९ अंकले घटेर १८ सय १७ दसमलव ६८ बिन्दुमा झरेकोमा चार करोड ९४ लाख ५३ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बीमा समुहको सुचक पनि आज ३५ दसमलव ९८ अंकले घटेर सात हजार एक सय ९१ दसमलव ५६ बिन्दुमा झरेकोमा पाँच करोड २७ लाख ९७ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक आज फाईनान्स, टे«डिङ, होटल, अन्य र लघुबित्त  समुहको कारोवार सुचक पनि घटेकाछन ।  बाँणिज्य बैक समुहको सुचक भने आज दुई दसमलव चार अंकले बढेर १२ सय २९ दसमलव १२ बिन्दुमा चढेकोमा २६ करोड १४ लाख ५३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैक समुहको सुचक पनि चार दसमलव ६५ अंकले बढेर १५ सय ८८ दसमलव ७३ बिन्दुमा चढेकोमा एक करोड ६९ लाख ५४ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । अन्य समुहको सुचक भने आज शुन्य दसमलव ६४ अंकले बढेको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मुल्य पाँच रुपैयाँ ६६ पैसाले बढेर दुई सय ८० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको  जानकी फाईनान्सको सेयर मुल्य छ रुपैयाँ ४८ पैसाले घटेर एक सय ७३ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको तीन सय ६५ रुपैयाँ अन्तिम मुल्यमा सात करोड १९ लाख ७२ हजार छ सय तीन रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी कुमारी बैंकको पनि दुई सय ७५ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ९७ लाख ४१ हजार ६५ रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै