काठमाडौँ । विकसित देशहरूमा भएका औद्योगिक क्रान्ति, वनविनाश, शहरीकरण, आणविक भट्टीहरूको स्थापना, र सुविधाजनक जीवनशैलीका कारण अत्यधिक मात्रमा कोइला र पेट्रोलियम पर्दाथको प्रयोगबाट कार्वन उत्सर्जनका साथसाथै हानिकारक हरितगृहग्यासहरू (कार्वनडाइअक्साइड, नाइट्रिक अक्साइड, मिथेन, हाइड्रोफ्लोरोकार्बन, परफ्लोरोकार्बन, सल्फरहेक्जाफ्लोराइड र पानीका वाष्पहरू) उत्पादन भई पृथ्वीको तापमान बढ्ने क्रम जारी छ । तापमान बढेसँगै यसबाट उत्पन्न जलवायु परिवर्तनका प्रभावबाट पर्न जाने नकारात्मक असरहरू धेरै क्षेत्रहरूमा देखिन थालेका छन् ।
जलवायु परिवर्तनका असरहरूले मुख्य गरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधार जस्ता क्षेत्रहरूमा प्रभाव पारेको देखिन्छ । नेपालको हरितगृह ग्यास उत्सर्जनमा ०.०२७ प्रतिशत मात्र भूमिका रहे पनि जलवायु परिवर्तनका असरहरूबाट सबैभन्दा बढी पीडा नेपालले नै बेहोर्नु परेको देखिन्छ । मनसुनी वर्षामा आधारित कृषि प्रणालीमा अतिवृष्टि र अनावृष्टिका कारण खाद्य असुरक्षा बढदो छ । चाँदीजस्तै टल्कने कैलाश पर्वतहरू जसले नेपाललाई संसारमा चिनाउनुका साथै पर्यटन व्यवसायबाट राज्यलाई आर्थिक लाभ दिएका छन्, तिनको पग्लिने क्रम जारी छ । यसबाट पर्यटन, ऊर्जा र जलस्रोतमा कस्तो असर पर्ला ?
सुख्खा खडेरीका कारण धेरैजसो पानीका मुहानहरू सुकी पिउने पानीको अभावमा पहाडी क्षेत्रहरूबाट बसाइँसराइ व्यापक छ । यसबाट तराईको वन तथा जैविक विविधता नाश हुने क्रम बढ्दो छ । वन व्यवस्थापनका अभावमा वन डढेलोले तीब्रता पाएकोे छ । नयाँ नाम नै नसुनेका रोगहरूले मानव मात्र होइन, जनावर र वनस्पति जगत आक्रान्त बन्न पुगको छ । विदेशीको सहयोगमा बल्लतल्ल बनेका भौतिक पूर्वाधारहरू (जलविद्युत आयोजना, बाटा, पुल र कल्भर्ट जस्ता भौतिक संरचनाहरू) बाढी पहिरोको चपेटामा पर्दैआएको तथ्य विदितै छ ।
जलवायु परिवर्तनका असरहरूले जुनसुकै क्षेत्रहरूमा प्रभाव पारेको भए तापनि यसबाट प्रत्यक्ष प्रभावमा पर्ने भनेको खासगरी गरिब राष्ट्र अनि त्यसभित्रका कमजोर आर्थिक अवस्थामा रहेका विपत्र जनता त्यसमा पनि वृद्घ, महिला, बालबालिका र अशक्त नै हुन् । यस सम्बन्धमा जतिपटक सभा, सेमिनार, गोष्ठी र सम्मेलन तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरे पनि ठूला र धनी राष्ट्रहरूले औद्योगिक कलकारखाना, वनविनाश, शहरीकरण, आणविक भट्टीहरूको स्थापना र सौखिन जीवनशैलीमा संयमता नअपनाएमा यो चर्चाको विषय मात्र बन्ने छ । हाम्रा छिमेकी दुई शक्ति राष्ट्रहरू (चीन र भारत) आर्थिक विकासको द्रुततर गतिमा औद्योगिक क्षेत्रको विस्तार गर्दैछन्, यद्यपि समस्याको भने आत्मसात गरेका छन् ।
हरितगृह ग्यास उत्सर्जनको करिब १५ प्रतिशत हिस्सा ओगट्ने अमेरिकी साम्राज्यवादलाई भने नेपालका हिमाल पग्लिएको, खडेरीले नेपालीहरू भोकमरीमा परेको, अतिबृष्टिका कारण पहिरो र बाढिले जन धन को क्षति,महामारीले हजारौ नेपालीले ज्यान गुमाउनु परेको स्थितिसँग के सरोकार छ र ! त्यसैले हामीले उसबाट के आशा राख्नु ? ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भत्रे उखान यहाँनिर चरितार्थ भए पनि ठूलो माछाले सानो माछालाई खाने यो प्राकृतिक नियमलाई मात्र हामी तयार हुनु नै पर्छ । हुन त अन्यायको विरुद्घ आवाज उठाउने आफ्नो ठाँउ छँदैछ ।
नेपाल जस्तो सानो र गरिब मुलुक जुन आन्तरिक तथा बाह्य तत्त्वबाट उत्पत्र वातावरणीय प्रदूषणका कारण प्रभावित छ, यसबाट उन्मुक्ति पाउन धेरै चुनौतीहरूको सामना गर्न हामीले समयमा संयमता अपनाएनौ भने भोलिका दिनहरूमा झन् कठिन परिस्थिति नआउला भत्र सकित्र । नेपालले बाह्य तत्त्वबाट उत्पत्र पर्यावरणीय प्रदूषणबाट हुने जोखिमका साथै आन्तरिक पर्यावरणमा धेरै ध्यान पुर्याउन जरुरी देखिन्छ । चुरे तथा तराईको वनजङ्गल विनाश, वन अतिक्रमण नदीनालाको अत्यधिक दोहन, वनडढेलो, खोरिया फँडानी, बसाइँसराइ, वन्यजन्तुको चोरी निकासी, अनियन्त्रित शहरीकरण अत्यधिक सवारी साधनको प्रयोग तथा प्राकृतिक सम्पदा विनाशका कार्यहरूबाट भयावह स्थितिको सिर्जना भएको छ । परम्परालाई निरन्तरता दिने निँहुमा दाहसंस्कारका लागि दाउराको प्रयोग हुँदा वनजङ्गलको विनाश त भएकै छ, साथसाथै कार्बन उत्पादनमा वृद्घि भइरहेको छ ।
राजधानीको मुटु काठमाडौँको पशुपतिमा मात्रै दैेनिक कति दाउरा जलाइन्छ, त्यसबाट दैनिक कार्बन उत्पादन भई हाम्रो वायु प्रदूषणमा झन् टेवा पुगेको छ । यद्यपि विद्युतीय दहनगृहको व्यवस्था भए पनि अन्धविश्वासका कारण धेरैले दाउराको प्रयोग गर्ने गरेको पाइएको छ । मृत्युु संस्कारमा दाउरा प्रयोग गरिने कार्यले वायुमण्डलमा प्रदुषण, नदीहरूमा प्रदूषण, वनजङ्गलको विनाश, दाउरा ढुवानीमा इन्धनको प्रयोग र समयको खर्चले समाजलाई कत्तिको फाइदा पुर्याउँछ भन्ने बारेमा सबैले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
राजधानीको मुटु काठमाडौँको पशुपतिमा मात्रै दैेनिक कति दाउरा जलाइन्छ, त्यसबाट दैनिक कार्बन उत्पादन भई हाम्रो वायु प्रदूषणमा झन् टेवा पुगेको छ । यद्यपि विद्युतीय दहनगृहको व्यवस्था भए पनि अन्धविश्वासका कारण धेरैले दाउराको प्रयोग गर्ने गरेको पाइएको छ । मृत्युु संस्कारमा दाउरा प्रयोग गरिने कार्यले वायुमण्डलमा प्रदुषण, नदीहरूमा प्रदूषण, वनजङ्गलको विनाश, दाउरा ढुवानीमा इन्धनको प्रयोग र समयको खर्चले समाजलाई कत्तिको फाइदा पुर्याउँछ भन्ने बारेमा सबैले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । लाखबत्ती बाल्ने परम्पराले हाम्रो समाजलाई कतातिर लैजाँदै छ ? के धर्म गर्ने अन्य उपायहरू छैनन् ? कपास जलाउनु भन्दा दीनदुःखीका लागि कपडा दान गर्दा पुण्य हुन्छ होला कि ? यसरी परम्परालाई निरन्तरता दिने हो भने अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्ने, सभा सम्मेलनमा भाग लिन देशको धनराशी खर्चेर बथानका बथान विदेश जानुको कुनै मूल्य रहँदैन ।
जलवायु परिवर्तनका नाममा विभित्र सभा, सेमिनार, गोष्ठी र सम्मेलनका लागि पाँचतारे होटल देखि पार्टी प्यालेसहरूमा खचाखच हुने उच्च ओहदाका व्यक्तिहरू, नेतागण यसबारे मौन देखिन्छन् । अन्धविश्वासका कारण गरिने कतिपय कुराहरूमा नियन्त्रण गर्न जनस्तरमा चेतना ल्याउनका लागि राज्यस्तरबाट पाइला चालिनुपर्दछ ।
दातृराष्ट्रहरूको आर्थिक सहयोगमा माथिल्लो ओहदाका कर्मचारीहरूले ठुलो धनराशी खर्चेर केन्द्रमा बसी योजना नबनाएको पनि होइन । केही गाविसहरूमा जलवायु परिवर्तनबाट अनुकुलित हुन स्थानीय अनुकुलन योजना पनि बनाउने काम त भएको हो तर विडम्बना योजना कार्यन्वयन हुन पाउँदा नपाउँदै कार्यक्रमहरू टुङ्गिन्छन् । यसबाट एकातिर ठुलो धनराशी खर्चेर बनाएका योजनाहरूको अस्तित्व नै धरापमा पुग्ने गर्दछ भने अर्कोतिर जनस्तरमा आएको चेतना, उत्साह र काम गर्ने जाँगर पनि हराएर जानसक्छ । योजना बनाएर मात्र हुँदैन, सिङ्गो राष्ट्र, यसका राष्ट्रसेवक कर्मचारीहरू, जनप्रतिनिधिहरू, वातावरण क्षेत्रमा कार्यरत गैरसरकारी सङ्घसंस्थाहरू र जनता स्वयं यसको समाधानमा हृदयदेखि नै लाग्नु अति आवश्यक भइसकेको छ । समस्यालाई निराकरण गर्न प्रत्येक तह र तप्काबाट व्यावहारिकतामा परिवर्तन नगरे यसमा सुधारको सङ्केत आउन गाह्रो हुनेछ ।
जलवायु परिवर्तन रोक्न सकिने विषय होइन, मात्र जोखिमलाई न्यूनीकरण गर्ने र वहन क्षमतामा वृद्धि गरी अनुकुलित हुँदै आफ्नो जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने प्रयास गर्नु हामी सबैको आजको आवश्यकता हो । हाम्रो देश प्राकृतिक स्रोतमा (जल, जमिन र जङ्गल), जैविक विविधता, मानव तथा सांस्कृतिक विविधतामा नै धनी छ । उपलब्ध स्रोत र साधनको सही सदुपयोग गर्न सके वहन क्षमतामा वृद्धि गरी जोखिमलाई न्यूनीकरण गर्न त्यति कठिन पनि छैन । जैविक विविधता हाम्रो जीवन हो । यसको संरक्षण वनक्षेत्रको संरक्षण र संवद्र्धन गर्न सकेमा स्वतः हुन्छ । यसबाट कार्बन शोषणका साथै बाढी, पहिरो र पानीको समस्या कम गर्न सकिन्छ । वन डढेलोले वन तथा आवास क्षेत्रहरूमा समेत क्षति पु¥याइरहेको हुँदा यसको रोकथाम गर्न समुदाय स्तरमा चेतना फैलाउनु अपरिहार्य देखिन्छ ।
जलवायु परिवर्तन रोक्न सकिने विषय होइन, मात्र जोखिमलाई न्यूनीकरण गर्ने र वहन क्षमतामा वृद्धि गरी अनुकुलित हुँदै आफ्नो जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने प्रयास गर्नु हामी सबैको आजको आवश्यकता हो ।
विकासका पूर्वाधारका रूपमा रहेका भौतिक संरचनाहरू पर्यावरण अनुकुलित हुने किसिमले बनाउने साथै बनाएका स्थानहरूमा माटोलाई रोक्न भूसंरक्षणका उपायहरू ( बाँस, निगालो, अम्रिसो, उत्तिस, बाबियो तथा उत्रत घाँसहरू रोप्ने) अपनाई दिगो बनाउने, खाली जग्गा वा स्थानहरूमा वृक्षारोपण गरी हराभरा बनाउने, पानीका स्रोत संरक्षण गर्न मुहान वरपरका क्षेत्रका रुखहरू नकाट्ने, इनटेक बनाउने, पहिरो नियन्त्रणका उपायहरू (ब्रेस्टवाल, रिटेनिङवाल, ढलनिकासका कामहरू) समयमा नै सरकार तथा समुदाय स्तरबाट गरिनुपर्दछ । धेरै भिरालो स्थानमा भएका बस्तीहरु, नदी किनाराका बस्तीहरू आवास बनाउन योग्य स्थानहरूमा सारी भिरालो स्थानमा फलफुल लगाउने, नदी किनारामा बासँ,नीगालो,अम्रिसो रोपण गरी तटबन्ध बनाएर,बाध तथा नहर व्यवस्थापन गरेमा जोखिमलाई न्यून गर्न सकिन्छ ।
यस विषयमा सरकार र समुदायको मात्र आशा गरेर हँुदैन, प्रत्येक घरधुरी र व्यक्ति स्वयं पनि सचेत बनी आफ्नो दैनिक व्यवहारमा परिर्वतन ल्याउनु जरुरी हुन आउँछ । घरको वरिपरि होमगार्डेन बनाई पोखरी निर्माण गर्ने, प्रयोग भएको खेरजाने पानीलाई जम्मा गरी तरकारी खेती गर्ने, विभित्र जातका फलफुलका बोट लगाउने, बगैँचाको वरपर केरा लगाएमा वनबाट आएको डढेलोबाट घर बचाउन सकिन्छ ।
जोखिमलाई न्यूनीकरण गर्ने प्रयास हुनु आजको आवश्यकता हो । जसलाई तिर्खा लागेको हुन्छ, नदी उसैले धाउनु नै पर्छ । त्यसैले आफ्नो सुरक्षाको लागि हामी आफै सक्रिय हुन ढिला गर्ने हो भने भयावह पीडा सहन हामी नै बाध्य हुनेछौँ ।
डढेलो र खडेरीबाट बच्न आकाशे पानी छानाबाट सङ्कलन गर्न सकिन्छ । सौर्य ऊर्जा, गोबरग्यासको प्रयोग बढाएर दाउराको प्रयोग घटाएमा महिला दिदीबहिनीहरूको स्वास्थ्यमा पनि सुधार गर्न सकिन्छ । सुख्खा मौसममा हुने खेती (अदुवा, कोदो, जौ, फापर आदि) लगाई खाद्यमा आत्मनिर्भर हुन खाने तरिकामा पनि बदलाव ल्याउनुपर्दछ । यसो गर्दा मात्रै हामी खाद्य असुरक्षाबाट सजिलै बच्न सकिन्छ । वस्तुभाउ पालन गरी जैेविक मलको प्रयोगबाट मौेसम अनुसारको तरकारी उत्पादन गर्न सके रासायनिक मल र विषादीबाट उत्पन्न हुने स्वास्थ्य समस्याबाट पनि बच्न सकिन्छ । शुद्घ खानपान, सरसफाइ र दैनिक व्यायाम गर्न सके नयाँ नयाँ रोगहरूबाट पनि बच्न सकिन्छ ।
जलवायु परिर्वतनका केही सकरात्मक पक्षहरूलाई प्रयोगमा ल्याउन सके उत्पादनमा वृद्घि हुने सम्भावना पनि छन् । जस्तै, पृथ्वीको तापमान बढ्ने क्रमले गर्दा चिसो र ठण्डा स्थानहरूमा होँचो र तातो स्थानहरूमा हुने कृषिवाली र फलफुलहरू उत्पादन गरी खाद्य असुरक्षाबाट बच्न सकिन्छ । जोखिमलाई न्यूनीकरण गर्ने प्रयास हुनु आजको आवश्यकता हो । जसलाई तिर्खा लागेको हुन्छ, नदी उसैले धाउनु नै पर्छ । त्यसैले आफ्नो सुरक्षाको लागि हामी आफै सक्रिय हुन ढिला गर्ने हो भने भयावह पीडा सहन हामी नै बाध्य हुनेछौँ ।