• २०८१ बैशाख ८ शनिबार

तीन स्थानमा स्मार्ट सिटी निर्माण गर्न अध्ययन सुरु

kharibot

काठमाडौं । सरकारले तीन स्थानमा स्मार्ट सिटी निर्माणका लागि अध्ययन सुरु गरेको छ । पहिलो चरणमा निर्माण हुने तीनवटा स्मार्ट सिटी मकवानपुरको पालुङ, रूपन्देहीको लुम्बिनी र बाराको निजगढमा अध्ययन सुरु भएको छ ।

तीनवटा नेपाली कन्सल्टेन्सीले ती स्थानमा निर्माण हुने स्मार्ट सिटी निर्माण गर्न अध्ययन गर्न सुरु गरिसकेको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । ती कन्सल्टेन्सीले गत महिनादेखि स्मार्ट सिटी निर्माणका लागि छनोट भएका स्थानमा विकास गरिने पूर्वाधार निर्माणको अध्ययन गर्नेछन् ।

निकै चर्चा र चासोमा रहेका स्मार्ट सिटी निर्माणका लागि एक महिनादेखि ती स्थानमा अध्ययन सुरू गरेको सहरी विकास तथा भवन निर्माण विभागका प्रवक्ता पदमकुमार मैनालीले जानकारी दिए ।

नेपाली कन्सल्टेण्टले स्मार्ट सिटी निर्माणको योजना बनाउनेलगायतका विषयमा अध्ययन गर्नेछन् । उक्त योजनाअनुसार ती स्थानमा स्मार्ट सिटी बन्ने छन् । ‘स्मार्ट सिटी निर्माणका लागि प्लानिङ (योजना) बनाउने, पुर्वाधारको गुणस्तरियता खासगरी प्रविधिमैत्री पूर्वाधार निर्माणका लागि पनि ठोस योजना बनाउने गरी ती कम्पनीले अध्ययन सुरु गरेका हुन् ।

ती कम्पनीले अध्ययनपछि प्रतिवेदन पेश गर्ने र त्यसपछि मात्रै स्मार्ट सिटीको भौतिक निर्माणको काम अघि बढ्ने विभागले जानकारी दिएको छ । ती कम्पनीले स्मार्ट सिटी निर्माण गर्दा अपनाउनु पर्ने र आवश्यक पर्ने पूर्वाधारको इन्डीकेटर (सूचक)सहितको प्रतिवेदन उपलब्ध गराउनेछन् ।

स्मार्ट सिटी इण्डिकेटरसहितको प्रतिवेदनले स्मार्ट सिटी निर्माण गर्दा कुन–कुन विकास पुर्वाधारहरू बनाउने भन्ने विषयमा स्पष्ट पार्ने भएकोले उनीहरुको प्रतिवेदन अतिआवश्यक हुने विभागको ठहर छ । ती कन्सल्टेन्सीले प्रतिवेदन दिएपछि मात्रै स्र्माट सिटी सहरमा पूर्वाधार निर्माणको काम अघि बढ्ने विभागले जानकारी दिएको छ ।

यस्तै सरकारले गत असार २८ गते बसेको बैठकमार्फत नै ७ प्रदेशमा स्मार्ट सिटी निर्माण गर्ने घोषणा गरिसकेको छ । सरकारको निर्णयअनुसार  धनकुटा नगरपालिका, सिरहाको मिर्चैया नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, काभ्रेपलाञ्चोक वनेपा, धुलिखेल, पनौती, चितवनको भरतपुर महानगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका, दाङको तुलसिपुर उपमहानगरपालिका दैलेखको दुल्लु नगरपालिका र डडेलधुराको अमरगढी नगरपालिका र कैलाली टिकापुर नगरपालिका छनोट गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै