• २०८१ बैशाख ८ शनिबार

आतंककारी आक्रमणमा परी ११ पाकिस्तानी सेनाको मृत्यु 

kharibot

इस्लामावाद (रासस/सिन्ह्वा) / पाकिस्तानको उत्तरपश्चिमी स्वात जिल्लाको एक सैनिक शिवीरमा शनिबार राति भएको आतंककारी आक्रमणमा परी कम्तीमा पनि ११ सैनिकको ज्यान गएको छ । 

मारिनेमा केही सैन्य उच्च अधिकारी पनि परेका छन् । पाकिस्तानको राष्ट्रिय सेनाले आइतबार बिहान सो जानकारी दिएको छ । उक्त सैन्य शिवीरमा रातको समय पारेर आतंकारीले हमला गरेका थिए । यस हमलामा परी अरु कैयौँ सैनिक गम्भीर रुपमा घाइते भएका छन् । 

पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा यसरी घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतले कैयौँ घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेकोले मृत्यु हुनेको संख्या अरु बढ्नसक्ने जनाएको छ । 

उक्त आक्रमणको पाकिस्तानी तालिबानले जिम्मेवारी लिएको छ । आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न सकिएको छैन । उनीहरु रातको समयमा हमला गरेर भागेका छन् । 

पाकिस्तानी प्रधानमन्त्री सइद खक्वान अब्बासीले उक्त हमलाको निन्दा गरेका छन् । उनले आक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै