• २०८१ बैशाख ८ शनिबार

ओम अस्पतालको टोली बाढी प्रभावित जिल्लामा, पाँच दिनसम्म निःशुल्क उपचारमा खटिने 

kharibot

ओम अस्पतालको टोली बढी पिडितको नि:शुल्क उपचार गर्न जाने तयारीमा

काठमाडौँ । बाढी पहिरो प्रभावित पूर्वी तराईका जिल्लाहरुमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन ओम अस्पताल चावहिलको टोली त्यसतर्फ गएको छ ।

टोलीले क्रमशः महोत्तरी, मोरङ, सुनसरी, सिरहा, सप्तरी, रौतहट, बारा लगायतका जिल्लामा पुगी पीडितहरुको निशुल्क उपचार गर्नेछ । पाँच दिनसम्म तराईका विभिन्न जिल्लामा रहने टोलीले आवश्यक औषधिहरु समेत निशुल्क वितरण गर्ने ओम अस्पतालका प्रबन्धक विजय प्याकुरेलले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व बोध गर्दै ओम अस्पतालले पीडितहरुको उपचारमा खटिन लागेको प्याकुरेलले बताए । टोलीमा अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारीहरु गरी ११ जना रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै