काठमाडौँ । इङलिश प्रिमियर लिगमा आर्सनलले इभर्टनलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।
गएराती भएको खेलमा एरोन रामसीको ह्याट्रिकको मद्धतले आर्सनलले इभर्टनविरुद्ध ५ गोल गरेको थियो । आर्सनलका लागि थप गोल डेभ्यु खेल खेलेका एमरिक अउबामेयांग र कोसाइन्लीले गोल गरेका थिए ।
जनवरीमा युनाइटेडबाट आर्सनल आएका अर्मानियाका हेनरिक मखितारयनले तीन गोल असिस्ट गरेको खेलमा इभर्टनका लागि एक सान्त्वना गोल कल्भर्ट लुविनले गरेका थिए ।
जनवरीमा आफ्ना प्रमुह खेलाडी एलेक्सिस सान्चेजलाई म्यानचेस्टर युनाइटेडलाई बेचेको आर्सनलले हेनरिक मखितारयन र एमरिक अउबामेयांगलाई भित्राएको थियो ।
लिगमा यस सिजनमा संतोषजनक प्रदर्शन गर्न नसकेको आर्सनल यो जितपछि २६ खेलमा ४५ अंक सहित लिगको छैठौ स्थानमा रहेको छ ।