• २०८१ बैशाख १२ बुधबार

म्यानचेस्टर युनाइटेडको जितमा सान्चेजले गरे डेभ्यु गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराती भएको खेलमा युनाइटेडले हडर्सफिल्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा जनवरी विन्डोमा युनाइटेड आएका एलेक्सिस सान्चेजले युनाइटेडका लागि डेभ्यु गोल गरेका छन् । 

खेलको ६८औ मिनेटमा सान्चेजलाई डिबक्स भित्र लडाए पछि युनाइटेडले पेनाल्टी पाएको थियो । सान्चेजले पेनाल्टी मिस गरेपनि किपरको हातमा लागेर रिटर्न भएको बललाई गोलमा परिणत गर्दै आफ्नो डेभ्यु गरेका थिए । 

यसअघि खेलको ५५औ मिनेटमा युनाइटेडका लागि लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

लिगमा युनाइटेड शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा अब १३ अंकले पछाडी परेको छ । सिटी गएराती नै बराबरीमा रोकिए पछि दोस्रो स्थानमा रहेको युनाइटेडसँगको अंक दुरी घटेको हो ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै