• २०८१ बैशाख १३ बिहीबार

रियल म्याड्रिडलाई लेभान्टेले बराबरीमा रोक्यो, डेभ्यु खेलमा पज्जिनीले गरे गोल  

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती भएको लेभान्टेसँगको खेलमा रियल म्याड्रिड २-२ गोलको बराबरीमा रोकिएको हो । 

इन्जुरी पछि खेलमा फर्किएका रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले खेलको ११औ मिनेट मा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४२औ मिनेटमा लेभान्टेका एम्युअल बोटेंगले गोल गर्दै पहिलो हाफ अगाडी खेल बराबरी गरेका थिए ।

खेलको ८१औ मिनेटमा सबस्टिच्युटको रुपमा मैदान छिरेका इस्कोले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए पनि खेलको अन्तिम मिनेट ८९औ मिनेटमा लेभान्टेका डेभ्यु खेलाडी गियाम्पओलो पज्जिनीले गोल गर्दै रियलसँग अंक खोसेका थिए । खेलको ७७औ मिनेटमा मैदानमा छिरेका ३३ बर्षिय इटालियन स्ट्राइकर पज्जिनी केहि दिन अघिमात्र यस सिजनसम्मका लागि लोनमा लेभान्टे आएका हुन् । 

रियल म्याड्रिडको यस सिजनमा यो छैठौ बराबरी हो । भने लेभान्टेसँग यो यस सिजनमा दोस्रो पटक बराबरीमा रोकिएको छ । रियल म्याड्रिड २१ खेल खेल्दै ३९ अंकसहित लिगको चौथो स्थानमा छ भने शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १८ अंकले पछाडी रहेको छ । लेभान्टे भने २२ खेलमा २० अंकसहित लिगको १७औ स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै