• २०८१ बैशाख ६ बिहीबार

रोनाल्डो र वेलविना रियल म्याड्रिडले जित्यो सुपर कपको उपाधि

kharibot

जितपछि खुशियाली मनाउदै रियल म्याड्रिडका खेलाडी

स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ ।

गएराती भएको खेलमा दोस्रो लिगमा रियल म्याड्रिडले बार्सिलोनालाई २-० ले पराजित गर्दै समग्रमा ५-१ को नतिजा निकाल्दै स्पेनिस सुपर कपको उपाधि जितेको हो । गत आइतबार भएको पहिलो लिगमा रियलले बार्सिलोनालाई ३-१ ग्ल अन्तरले पराजित गरेको थियो ।

पहिलो लिगमा रेफ्रीलाई धक्काएको आरोपमा प्रतिबन्धमा परेका आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्का स्टार खेलाडी ग्यारेथ वेललाई पनि प्रशिक्षक जिनेदिन जिदानले बेन्चमा राखेको खेलमा रियलले बार्सिलोनामाथि रोमान्चक जित हासिल गरेको हो ।

खेलको चौथो मिनेटमा नै रियलका मार्को असेन्सियोले डी बक्स बाहिरबाट हानेको बल गोलमा परिणत भएपछि रियलले खेलमा सुरुवाती अग्रता लिएको थियो । सुपर कपका दुवै लिगमा गोल गरेका असेन्सियोलाई ‘रियल म्याड्रिडका प्रिन्स’ को उपाधि दिइएको छ ।

दोस्रो खेल खेलको ३७औ मिनेटमा मार्सेलोको पासमा करीम बेन्जामाले गरेका थिए ।

यस जीतसँगै रियल म्याड्रिडले सिजन सुरु हुनु अगाडी बार्सिलोनालाई दुई खेलमा पराजित गरेर स्पेनिस लिगमा यस सिजनमा पनि आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै