• २०८१ बैशाख ७ शुक्रबार

रारा गोल्डकप फुटबलको उपाधि पुलिस क्लबले जित्यो 

kharibot

नेपाल पुलिस क्लबका खेलाडीहरु, फाइल तस्बिर

पोखरा । पोखरामा भइरहेको आहा रारा गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । १६औँ संस्करणको उपाधि पुलिस क्लबले रुस्लान थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको एक मात्र गोल पुलिस क्लबका राम वाजीले अतिरिक्त समयको १०औ मिनेटमा गोल गरेका थिए ।

रुस्लान थ्री स्टारले बंगलादेशको उत्तर बरिन्धरा क्लब तथा नेपाल पुलिस क्लबले धरान फुटबल क्लबलाई हराएर फाइनल भेट पक्का गरेका थिए । आहा रारा गोल्डकप फुटबलको इतिहासमा रुस्लान थ्री स्टार र नेपाल पुलिस क्लबबिच फाइनलमा पहिलोपटक प्रतिस्पर्धा भएको हो ।

यस अघि रारा गोल्ड कपको पाँचौँपटक फाइनल खेलेको रुस्लान थ्री स्टार यस पटक भने पराजित भएको छ । यस अघि आहा रारा गोल्डकपको पाँचौँ, नवौँ, ११ औँ र १३ औँ संस्करणको उपाधि जितेको छ ।

यस्तै नेपाल पुलिस क्लबले पाचौ पटक यो उपाधि जितेको छ । पुलिसले पहिलो, छैटौँ, सातौँ र आठौँ संस्करणमा उपाधि जितेको थियो । 

प्रतियोगिताको विजेता पुलिस क्लबले साता लाख रुपैयाँ पुरस्कार जितेको छ भने उपविजेता रुस्लान थ्री स्टारले साढे तीनलाख रुपैयाँ पुरस्कार पाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै