• २०८१ बैशाख ६ बिहीबार

बलिवुड हिरोइनसँग छैनन् कुनै फिल्म 

kharibot

मुम्बई । बलिवुडका कैयौ अभिनेता अभिनेत्रीहरु अहिले फिल्म नपाएर अरु काममै व्यस्त रहेका छन् । 

हाल कुनै फिल्म नभएका कलाकारको सुचिमा चर्चित अभिनेत्री प्रियंका चोपडा रहेकी छन् ।  हाल हलिवुडका प्रोजेक्टहरुमा व्यस्त भएपनि बलिवुडमा भने प्रियंकाले कुनै फिल्म साइन गरेकी छैनन् ।  आमिर खानसँग एक फिल्म गर्ने हल्ला चलेको भएपनि हाललाई सो प्रोजेक्ट पनि स्थगित गएको रिपोर्ट बाहिरिएको छ । प्रियंकाले बलिवुडमा पछिल्लो फिल्म जय गंगाजलमा अभिनय गरेकी थिइन् जुन फिल्म फ्लप भएको थियो ।

त्यस्तै बलिवुडकी अर्की अभिनेत्री नेहा धुपियासँग पनि अहिले कुनै फिल्म छैनन् । २०१६ मा मोह माया मोनीमा देखिएकी नेहाका त्यसपछि कुनै फिल्म आएका छैनन् ।

यसका अलावा विपाशा बासु, वाणी कपुर लगायतका अभिनेत्रीहरुसँग अहिले फिल्म नभएको बलिवुडमा चर्चा छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै