• २०८१ बैशाख ७ शुक्रबार

पत्रकारले पत्रकारितालाई कसरी हेर्छन् ? पत्रकार पुस्करराज बुढाथोकीको सफलताको कथा

kharibot

पुस्करराज बुढाथोकी

भक्तपुर । २०३३ सालमा दोलखामा आमा अम्बिका, बुबा रामकृष्ण बुढाथोकीको दोस्रो सन्तानको रुपमा जन्मिएका हुन् पुस्करराज बुढाथोकी । सानै उमेरदेखि पढ्न सिपालु पुस्करले राजनीतिशास्त्र र समाजशास्त्रमा बीएसम्मको अध्ययन गरेका छन् । घरमा बुवा प्रधानाध्यापक भएको हुनाले पनि आफूमा पढ्नुपर्छ भन्ने लाग्थ्यो उनलाई । त्यसैले आफू अरु साथीहरुको तुलनामा आफू अनुशासनमा नै रहेको थिएँ भन्ने लाग्छ उनलाई । 

जब उनले एसएलसी पास गरे, त्यसपछि उनी साहित्यमा लागे । उनले धेरै गीत, कविता, गजल , मुक्तक लेख्ने र गाउने गरे । उनले लेखेका गीतहरु चर्चित समेत भएका छन् । त्यसैले उनी भन्छन्, “आफूमा लेख्ने कला भएकाले नै पत्रकारितामा लागेँ ।’ अझ भनौँ लेखनकला राम्रो भएकाले नै उनलाई पत्रकारितामा आउन सजिलो भयो । तर पकेटमनी आउने नभएको भए आफू साहित्यतिर लाग्ने उनको मनसाय थियो । तर साहित्यमा रुचि राख्ने बुढाथोकी आफूले लेखेका धेरै कविता चर्चित भएको बताउँछन् । त्यसैले लेख्ने कला भएको मान्छेले पत्रकारिता गर्न सक्छन् भन्ने लाग्छ उनलाई । उनले ५७ सालदेखि नै फ्रिलान्सरको रुपमा काम गर्न थालेका थिए । विकल्प साप्ताहिकमा कला मनोरञ्जन स्तम्भबाट उनले पत्रकारिता सुरु गरे । रंगमञ्च, कलामनोरञ्जन, अप्सरा, लगायतका पत्रिकामा काम गरिसकेका बुढाथोकीले धेरै पत्रिकामा काम गरे । 

लामो समयदेखि पत्रकारिताको क्षेत्रमा काम गरेका बुढाथोकीले ५७ सालदेखि व्यावसायिक पत्रकारिता सुरु गरे । भक्तपुरको बसाईसँगै एफएम खुलेपछि उनले रेडियोमा पनि काम सुरु गरे । गोरखा एफएम, नेशनल टिभी, रेडियो नेपाल, नेपाल समाचारपत्रमा काम जारी रहँदै गर्दा डोलेश्वर दैनिकको कार्यकारी सम्पादक, देश साप्ताहिक, एडुकेसन भ्वाइससँगै पत्रकार महासंघ भक्तपुरका जिल्लाको अध्यक्ष पदको भूमिका समेत निभाउँदै आइरहेका छन् । 

इमानदार पत्रकारले काम गरेका छन्

लामो समय पत्रकारितामा बिताउँदै आइरहेका बुढाथोकीले पत्रकारिता क्षेत्रमा धेरै अनुभव बटुलेका छन् । तर उनलाई लाग्छ इमानदार पत्रकारले राम्रोसँगै काम गरेका छन् । राम्रो काम गर्नेको कमाइ पनि राम्रो रहेको उनको भनाइ छ । तर पत्रपत्रिका र रेडियो, टिभीको तुलनामा अनलाइन पत्रकारीता बिग्रेको लाग्छ उनलाई । तर सबै अनलाइन नभएर कुनै कुनै अनलाइनको कारणले अनलाइन पत्रकारितालाई व्यवस्थित गर्नुपर्छ भन्ने लाग्छ उनलाई । त्यसैले एकको कारणले सबै अनलाइन पत्रकारिताको बद्नाम गरेको छ भन्ने लाग्छ उनलाई । तर पत्रकारिता पर्चाकारिता होइन भन्ने उनको भनाइ छ । तर समग्र पत्रकारिता नै खत्तम भयो भन्ने अवस्था भने नभएको बुढाथोकीले बताए । कतिपय अनलाइनको समाचारको बारेमा मन लाग्दी भयो भनेर  धेरै गुनासो भने आएको उनको भनाइ छ ।    

पत्रकारिता के हो ? भन्ने बुढाथोकी यथार्थ कुरा के हो त्यही नै पत्रकारिता रहेको बताउँछन् । जब मिडिया सशक्त हुँदैन, तब पत्रकारले विकल्प खोज्ने उनले बताए । आफु जस्तोसुकै अवस्थामा रहे पनि पेसा र व्यवसायका लागि नभएर सामाजिक हितको लागि पत्रकारले सधैँ काम गर्नुपर्ने बताउँछन् बुढाथोकी । “आफूले काम गरेअनुसार पसिनाको मूल्य समयमा नै पाउनुपर्ने पत्रकारको अधिकार हो’, उनी भन्छन् । धेरै पत्रकारहरुले समयमा नै पसिनाको मूल्य नपाएकोले पत्रकार निराश भएका छन् । पसिनाको कमाइबाट दमित हुनु नपर्ने उनी सुनाउँछन् ।

न्यूनतम पारिश्रमिक लागू भए पीतपत्रकारिता कम हुन्छ  

पत्रकार महासंघ भक्तपुर जिल्लाका अध्यक्ष समेत रहेका पत्रकार पुस्करराज बुढाथोकी सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार पाँच सय मिडियामा लागू भए हाल पत्रकारिता क्षेत्रमा मौलाएको पीत पत्रकारिता हट्ने उनको भनाइ छ । जब मान्छेमा आर्थिक समस्या पर्छ, तब मात्र गलत बाटो अपनाउने भन्दै उनले तोकेको पारिश्रमिक दिए कसैले गलत नगर्ने आशा गरे । यसले पीत पत्रकारितामा समेत कमी आउने उनको भनाइ छ । ०७७ सालसम्म आफू पत्रकार संघ भक्तपुर जिल्लाको अध्यक्षमा रहँदा जिल्लामा पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने गरी काम गर्ने लक्ष्य बुढाथोकीको छ । हालसम्म ३० प्रतिशत मात्र पत्रकारले न्यूनतम पारीश्रम पाएको र ७० प्रतिशतले अझै नपाएको उनले बताए । 

पत्रकारले आफ्नो जीवन धान्न कि अरु भन्दा फरक क्षमता भएको व्यक्तिले पत्रकारितामा जम्न सक्ने वा २ ÷३ वटा मिडियामा काम गर्ने पत्रकारले टिक्न सक्ने बताए । त्यस्तै धेरै पैसा दिन्छु भनेर समयमा पैसा नदिँदा पत्रकारलाई समस्या भएको उनको भनाइ छ । थोरै पैसा दिए पनि समयमा नै दिए भने त्यो ठूलो कुरा भएको उनको भनाइ छ ।

समाचार लेखाइबाट सहयोग

लामो समयदेखि पत्रकारिता गर्दै आएका बुढाथोकीे लेखेको धेरै समाचारबाट पीडितको लागि सहयोग संकलन गर्न समेत सम्भव हुने बताउँछन् । बलात्कृत महिलाको समाचार लेख्दा होस् वा ज्येष्ठ नागरिकको समाचार लेख्दा होस्, उनको लेखाइबाट सहयोग तथा जनमत निर्माणमा सहयोग पुगेको छ । आफूले लेखेको समाचारबाट सहयोगी हात अघि बढ्दा उनलाई आनन्द लाग्छ । 

नयाँ पुस्तालाई सुझाव

वर्तमान समयमा धेरै सञ्चारमाध्यम सञ्चालनमा रहेकाले प्रतिष्पर्धा गर्नसक्ने र क्वालिटी समाचार दिनसक्ने गरी मिडियामा आउन नयाँपुस्तालाई उनको सुझाव छ । आम मान्छेले गुणस्तरीय समाचार खोज्ने भएकाले धेरै मिहिनेत, अध्ययन गरेर, खारिएर आफूले केही गर्नसक्छु भन्ने साहसको साथ नयाँपुस्तालाई मिडियामा आउँदा सबैले स्वागत गर्ने उनको विश्वास छ । दिगो रुपमा लाग्ने र केही गर्छु भन्नेलाई समस्या नभएको उनी बताउँछन् । उनले पत्रकारितामा लोकप्रियता कमाउने प्लेट फर्म भएकाले असल सोच र संकल्पको साथ लक्ष्यमा पुग्न निरन्तर साधना र  तपस्यामा लाग्नुपर्ने उनको सुझाव छ । पत्रकारिताको दायरा फराकिलो भए पनि सहज भने नभएको उनी सुनाउँछन् । 

कहाँ, कस्तो घटना तथा विषयवस्तुमा समाचार लेख्ने हो, अरुभन्दा कसरी फरक र छिटो तरिकाबाट समाचार लेख्ने भन्ने कुराले गर्दा पत्रकारले हरेक दिन लोकसेवाको परीक्षा दिएजस्तो लाग्ने उनी बताउँछन् । तर लेखनकला राम्रो भएको व्यक्तिले पत्रकारिता गर्न सक्ने उनको बुझाइ छ । त्यसैले त गम्भीर साहित्यबाट पत्रकारिता हतारको साहित्य सुरु भएको उनी बताउँछन् । 

उनी भन्छन्, ‘यदि म पत्रकार नभएको भए लेखक बन्थेँ ।’ साहित्यमा उनको रुचि अझै छ उनले २ वटा पुस्तक समेत निकालेका छन् । 

सुखको क्षण 

लामो समयदेखि पत्रकारितामा जम्दै आएका र पत्रकार संघको जिल्ला अध्यक्ष समेत भएका बुढाथोकी जीवनमा सधैँ खुसी छन् । धेरै दुःख र धेरै सुख जुन सम्झिनलायक छ, त्यो त उनीसँग छैन तर राष्ट्रिय गीत, कविता प्रतियोगीका रुपमा पुरस्कार पाउँदा तथा उत्कृष्ट पत्रकारिता पुरस्कारले आफू सम्मान हँुदा र अरुबाट प्रशंसा पाएको क्षण उनी बिर्सिन सक्दैनन् । 

लक्ष्य 

पुस्करराज बुढाथोकी हाल भक्तपुर जिल्ला पत्रकार संघको अध्यक्ष भइरहँदा उनले पत्रकारिता पेसालाई मर्यादित बनाउने, पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने, सबै पत्रकार प्रशंसित हुने बाटो बनाउने, पत्रकारको सीप, दक्षता, क्षमता अभिवृद्धि गर्ने आदि कार्यमा अघि बढिरहने लक्ष्य राखेका छन् । पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउने नै उनको मुख्य लक्ष्य छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै